Premier Cables
Premier Steel

कोशी प्रदेश

धरानका मेयर-उपमेयरबीचकाे लफडा के हाे ? हात हालाहालमा किन उित्रए ?

नोट: यो समाचार ३ महिना अघिको हो

Calendar मंगलबार, असार ०३, २०८२  | राती ९:१८ बजे

धरान । श्रमदानका नाममा गरिएको कामको हाजिरी उठाएर रकम मागिएको भन्दै रोक लगाइएका विषयलाई लिएर धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रविक्रम बेघाबीच चर्किएको विवादले मंगलबार पनि नगर परिसर तनावग्रस्त रह्यो ।

सोमबार उपमेयर बेघामाथि हातपात गर्न खोजिएको घटनाको भोलिपल्ट, मंगलवार बिहान करिब ११ बजे मेयर साम्पाङका श्रमदाताको समूह पुनः उपमेयर बेघाको कार्यकक्षमा पुगेर घेराउ गरे। उनीहरूले चाबी माग्ने बहानामा कार्यकक्षमा विवाद बढाउँदा बेघा पक्षका नेकपा माओवादी कार्यकर्ताहरू समेत परिसरमा पुगेपछि दुई पक्षबीच झडपको स्थिति सिर्जना भएको थियो।

बिज्ञापन

स्थिति तनावपूर्ण बन्दै गइरहेका बेला सशस्त्र प्रहरी र इलाका प्रहरी कार्यालय धरानका सुरक्षाकर्मीले हस्तक्षेप नगरेको भए दुवै पक्षबीच झडप हुनसक्थ्यो भन्ने प्रत्यक्षदर्शीहरूको भनाइ छ। घटनाको प्रत्यक्ष प्रसारण युट्युबलगायत सामाजिक सञ्जालमा देखिएपछि नगरपालिकाको परिसरमा ठूलो भीडसमेत लागेको थियो। मेयर साम्पाङ र उपमेयर बेघा पक्षका कार्यकर्ता झडप गर्ने तयारीसाथ भेला भएका थिए ।

नेकपा माओवादी धरान नगर कमिटी अध्यक्ष उद्धव लिम्बुका अनुसार मेयर समर्थकहरू डोजर र स्काभेटरको चाबी माग्ने निहुँमा उपमेयरको कार्यकक्ष घेराउ गर्न गएका थिए। “प्रमुखले नै उनीहरूलाई उक्साएर पठाएको देखिन्छ,” उनले आरोप लगाए, “तर उपमेयरले बुझाइदिएपछि परिस्थिति केही समय शान्त भयो।”

उपमेयर बेघाका अनुसार डोजर र स्काभेटरको चाबी मेयर, उपमेयर र कार्यालय स्टोरमा एक/एक प्रति राखिएको छ। मेयर पक्षबाट जथाभावी प्रयोग भइरहेको देखेर चाबी वितरणमा रोक लगाएको उनको भनाइ छ।

“आज अचानक उनीहरू चाबी माग्दै कार्यकक्षमा आए। मैले भनेँ— चाबी त मेयरसाबसँग पनि छ, म उहाँसँग मागेर दिन्छु। यसरी सम्झाएर शान्त बनाउने प्रयास गरें,” उपमेयर बेघाले बताए।

तर, सो घेराउको खबर फैलिएपछि माओवादी कार्यकर्ताहरू पनि नगरपालिकामा जम्मा भए, जसले दुई पक्षबीच नाराबाजी र ठूला भिडन्तको अवस्था सिर्जना गरायो। स्थिति यति तनावग्रस्त भयो कि प्रशासनले तत्काल सुरक्षा सतर्कता बढाउनु परेको थियो। धरानमा श्रमदान गरेर विकासका काम गरिरहेका मेयर साम्पाङकाे कामकाे पारदर्शिताकाे विषयमा भने विभिन्न प्रश्न उठाइने गरेकाे छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka