Premier Cables
Premier Steel

राजनीति

दिलभूषण पाठककी छोरी वाणीभूषणले आरजु राणासँग हात मिलाइनन्

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, असार ०१, २०८२  | अपराह्न ३:३२ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । सामाजिक सञ्जालमा अहिले एउटा भिडियो तीव्ररूपमा भाइरल भएको छ, जसमा चर्चित सञ्चारकर्मी दिलभूषण पाठककी छोरी वाणीभूषण पाठकले परराष्ट्रमन्त्री डा. आरजु राणासँग हात नमिलाएको देखिन्छ।

उक्त घटना युलेन्स स्कुलमा आयोजित एक औपचारिक कार्यक्रममा भएको हो, जहाँ विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तित्वहरू सहभागी थिए। कार्यक्रममा सम्मान ग्रहण गर्न स्टेजमा पुगेकी वाणीभूषण पाठकले अन्य अतिथिहरूसँग हात मिलाइरहेकी देखिन्छिन्। तर जब परराष्ट्रमन्त्री राणाले उनीसँग हात मिलाउन हात अगाडि बढाउँछिन्, वाणीभूषणले उनलाई बेवास्ता गर्दै छेउमा उभिएको अर्को व्यक्तिसँग हात मिलाएर अगाडि बढेकी छन्।

यो दृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रयोगकर्ताहरूले यसलाई विभिन्न दृष्टिकोणबाट व्याख्या गरिरहेका छन्। केहीले वाणीभूषणको व्यवहारलाई साहसी कदमको रूपमा हेरेका छन् भने कतिपयले औपचारिक कार्यक्रममा यस्तो व्यवहार उचित नभएको टिप्पणी गरेका छन्।

भिडियोले सामाजिक सञ्जालमा व्यापक चर्चा बटुलिरहेको छ भने वाणीभूषण वा दिलभूषण पाठकको तर्फबाट औपचारिक धारणा सार्वजनिक भइसकेको छैन। मन्त्री राणा पक्षबाट पनि अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka