Premier Cables
Premier Steel

राष्ट्रिय

पत्रकार दिलभूषण पाठकलाई साइबर ब्युरोको सूचना : अनुसन्धानका लागि उपस्थित हुनु

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, असार ०३, २०८२  | राती ९:५८ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोले पत्रकार दिलभूषण पाठकलाई अनुसन्धानका लागि उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको छ। ब्युरोले जेठ २७ गते काठमाडौं जिल्ला अदालतबाट पाठकविरुद्ध पक्राउ पुर्जी लिएको थियो।

सार्वजनिक सूचनामा भनिएको छ, “दिलभूषण पाठकज्यू, तपाईंविरुद्ध ‘साइबर ब्युरो ५९ ९२०८१र८२०’ अन्तर्गतको जाहेरीमा विद्युतीय कारोबार ऐन, २०६३ अनुसारको कसुरमा जिल्ला अदालतबाट पक्राउ अनुमति लिइएको छ। तसर्थ, तुरुन्तै साइबर ब्युरो वा नजिकको प्रहरी कार्यालयमा उपस्थित भई अनुसन्धानमा सहयोग गर्न अनुरोध छ।”

पाठकविरुद्धको उजुरी उनले आफ्नै युट्युब च्यानलमार्फत नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवाले हिल्टन होटलमा लगानी गरेको भनी सामग्री सार्वजनिक गरेपछि परेको थियो।

यसबीच, सोमबार उच्च अदालत पाटनका न्यायाधीश ऋषिराज भण्डारीको इजलासले दिलभूषण पाठकलाई तत्काल नपक्राउ गर्न आदेश दिएको छ। अदालतको आदेशमा भनिएको छ, “निवेदकको गम्भीरतालाई विचार गरी उनलाई कानुन बमोजिम बाहेक धरपकड नगर्न विपक्षीहरूलाई अल्पकालीन अन्तरिम आदेश जारी गरिएको छ।”

अन्तरिम आदेशलाई निरन्तरता दिने कि नदिने भन्नेबारे छलफल गर्न अदालतले दुबै पक्षलाई असार ५ गते उपस्थित हुन बोलाएको छ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka