Premier Cables
प्रत्यक्ष प्रसारण LIVE

समाचार

मोरङमा सवारी दुर्घटना : प्रहरी सहायक हवल्दारको मृत्यु, श्रीमती र छोरा गम्भीर घाइते

Calendar शनिबार, जेठ ३१, २०८२  | राती १०:२६ बजे

विराटनगर । मोरङको कानेपोखरीमा भएको मोटरसाइकल दुर्घटनामा एक प्रहरी सहायक हवल्दारको ज्यान गएको छ । शनिबार राति करिब ८ बजे कानेपोखरी गाउँपालिका–७ स्थित डाँस खोला पुलको डाइभर्सनमा मोटरसाइकल दुर्घटना हुँदा बेलबारी नगरपालिका–४ निवासी ३१ वर्षीय जितेन्द्र चौधरीको मृत्यु भएको हो ।

चौधरी आफूसहित श्रीमती र छोरा चढेको प्र.१–०२–०४३ प २४७१ नम्बरको मोटरसाइकल लिएर पथरीबाट कानेपोखरीतर्फ जाँदै गर्दा डाइभर्सनमा अनियन्त्रित भई दुर्घटनामा परेका थिए ।

बिज्ञापन

गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर, उर्लाबारी लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनबिक्रम दाहालले जानकारी दिए ।

दुर्घटनामा उनकी श्रीमती बिमला धिमाल चौधरी र दुई वर्षीय छोरा जेशन चौधरी गम्भीर घाइते भएका छन् ।
बिमला इलामको जमुना प्रहरी चौकीमा कार्यरत प्रहरी जवान हुन् । घाइते दुवैजनालाई विराटनगरस्थित नोबेल मेडिकल कलेजमा भर्ना गरी उपचार भइरहेको प्रहरीले जनाएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
Hamrobiratnagar Ads
Aarya Hospital
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
Eastern College

विराटनगर

ACS
हेर्नै पर्ने भिडियो