Premier Cables
Premier Steel

कोशी प्रदेश

पाँचथरमा निर्माणाधीन बेलिब्रिज भाँचिँदा ६ गम्भीर घाइते, उपचार गर्न विराटनगर ल्याइयाे

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, जेठ ३१, २०८२  | राती १०:१३ बजे
Hamro Biratnagar Headlines

विराटनगर । पाँचथरमा निर्माणाधीन अवस्थामा रहेको ७० मिटर लामो बेलिब्रिज (मोडुलर ब्रिज) जडानको क्रममा भाँचिँदा ६ जना गम्भीर घाइते भएका छन्। मेची राजमार्गअन्तर्गत फिदिम–हिलिहाङ सडक खण्डमा पर्ने हेवा खोलामा पुल जडान गर्ने क्रममा यो दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय पाँचथरका डिएसपी कौशलकुमार बुढाथोकीका अनुसार दुर्घटनामा घाइते भएका सबैको अवस्था गम्भीर छ। प्रारम्भिक अनुमान अनुसार पुल जोड्ने क्रममा बीचमा कुनै सपोर्ट (पिलर) नहुनु र ७० मिटर लामो संरचनालाई सम्हाल्न नसक्दा ओभरलोड भएर भाँचिएको हो।

बिज्ञापन

गत वर्ष २०८० सालमा आएको बाढीले सो स्थानको स्थायी पुल बगाएको थियो। त्यसपछि अस्थायी रूपमा बनाइएको बेलिब्रिज पनि २०८१ सालको असोज महिनामा बाढीले बगाएपछि नयाँ मोडुलर ब्रिज भारतको प्राविधिक सहयोगमा निर्माण थालिएको थियो।

नेपालमै पहिलोपटक प्रयोग भइरहेको ७० मिटर लामो मोडुलर बेलिब्रिज भारतको प्राविधिक टोलीको सहायतामा जडान गरिँदै थियो। पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले यो प्रविधि नेपालका लागि नयाँ भएकाले भारतीय सहयोगमा काम भइरहेको बताए। “यो युनिक टेक्नोलोजी भनिएको थियो,” उनले भने, “तर प्रारम्भिक रूपमा हेर्दा पुल पूर्ण रूपमा क्षति भएको देखिन्छ।”

हेवाखोलामा निर्माणाधीन बेलिब्रिज अचानक भाँचिँदा घाइते बनेका ६ जना कामदार लाई थप उपचारका लागि विराटनगर ल्याइएको छ ।

गम्भीर घाइते भएकामध्ये बाराको सिमरा उपमहानगरपालिका–१२ का रूपलाल चौधरी, राजन चौधरी, राकेश चौधरी, भुलेश्वर चौधरी, प्रकाश चौधरी र अभिषेक चौधरीलाई थप उपचारका लागि विराटनगरस्थित नोवेल अस्पताल पठाइएको कौशल जिल्ला प्रहरी कार्यालयका डिएसपी कौशल बुढाथोकीले जानकारी दिए ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka