Premier Cables

विराटनगर

मोटरसाइकल दुर्घटनामा विराटनगरका ४५ वर्षीय रविकुमारको मृत्यु

Hamro Biratnagar News Channel Calendar शनिबार, भाद्र २७, २०८३  | बिहान ११:२३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगरको कञ्चनबारीबाट भट्टा चोकतर्फ जाँदै गरेको को ५ प २१७० नम्बरको मोटरसाइकल अनियन्त्रित भई विद्युत्को पोलमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

शनिबार बिहान करिब १:५५ बजे भएको उक्त दुर्घटनामा विराटनगर महानगरपालिका–९, बसपार्क निवासी ४५ वर्षीय रविकुमार कामत गम्भीर घाइते भएका थिए।

विज्ञापन

उनलाई तत्काल उपचारका लागि कोशी अस्पताल लगिएकोमा उपचारका क्रममा बिहान करिब २:३० बजे मृत्यु भएको मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेले जानकारी दिएका छन्।

दुर्घटनाको स्पष्ट कारण भने अझै खुल्न सकेको छैन। प्रहरीले दुर्घटनाग्रस्त मोटरसाइकललाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka