Premier Cables
Premier Steel

विराटनगर

विराटनगरको आईसिपीमा भारतीय लहरी पल्टियो,चालक सकुशल

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, साउन २४, २०८२  | बिहान १०:२५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगर महानगरपालिका–१४ अन्तर्गत विराटनगर आईसिपी भित्री सडकखण्डमा शुक्रबार राति करिब १०:३० बजे नेपाल बाट भारततर्फ जादै गरेको मालबाहक लहरी दुर्घटनामा परेको छ।

भारतको जोधपुरबाट आएको RJ19GF ५८२८ नम्बरको लहरी नेपालबाट प्लाइ लोड गरी भारततर्फ जाँदै गर्दा अनियन्त्रित भई सडकको बायाँ साइडमा पल्टिएको ईलाका प्रहरी कार्यलय रानीले जनाएको छ ।

बिज्ञापन

दुर्घटना सम्बन्धी जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रानीबाट प्रहरी निरीक्षक कबिन राईको कमाण्डमा ११ जनाको टोली तत्काल घटनास्थलमा खटिएको थियो।

उक्त लहरीमा भारत जोधपुरका ४१ वर्षीय चालक हरिराम जाट मात्रै सवार थिए। उनलाई घटनास्थलमै सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा कुनै मानवीय क्षति नभएको र लहरीको अगाडिको भागमा सामान्य क्षति पुगेको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ।

हाल लहरी घटनास्थलमै रहेको र सडकमा कुनै अवरोध नरहेको जानकारी दिइएको छ। दुर्घटनास्थल इप्रका रानीबाट करिब १.५ किलोमिटर उत्तरपूर्वतर्फ पर्दछ।

स्थानीय सुरक्षाको जिम्मेवारी वहन गरिरहेको इलाका प्रहरी कार्यालय रानीले घटना भएको केही मिनेटमै टोली परिचालन गरी समयमै उद्धार कार्य सफलतापूर्वक सम्पन्न गरेको छ। यसले प्रहरीको सक्रियता र जिम्मेवारीप्रति जनविश्वास बढाएको देखिन्छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa