Premier Cables
Premier Steel

कोशी प्रदेश

इटहरीमा मोटरसाइकललाई ठक्कर दिएर बस चालक भागे

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, जेठ ३०, २०८२  | बिहान ११:१७ बजे
Hamro Biratnagar Headlines

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–२० स्थित सेउती पुल छेउको कोशी राजमार्गमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका छन्। ठक्कर दिने बसका चालक भने घटनापछि फरार भएका छन्।

राति करिब ८ बजेर ३६ मिनेटमा प्रदेश नम्बर १–०२–०५१ प ३३८५ नम्बरको मोटरसाइकल इटहरीबाट धरानतर्फ जाँदै गर्दा ना ८ ख २३८१ नम्बरको यात्रुवाहक बसले पछाडिबाट ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकल चालक धरान उपमहानगरपालिका–१८ निवासी ५० वर्षीय प्रवीण राई सामान्य घाइते भएका छन् भने पछाडि सवार धरान–१६ की ४४ वर्षीया सिता देवी राईको बाँया हात भाँचिएको छ र उनको छातीमा चोट लागेको छ।

बिज्ञापन

सिता देवी राईको अवस्था मध्यम रहेको र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचार भइरहेको प्रहरी चौकी तरहराले जनाएको छ। दुर्घटनापछि बस र चालक दुवै फरार रहेकाले खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ। घटनास्थलमा प्रहरी चौकी तरहरा सुनसरीबाट प्रहरी निरीक्षक टिका नेपालको कमान्डमा टोली खटिएको थियो। दुर्घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka