Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

एयर इन्डिया दुर्घटना : प्रधानमन्त्री मोदी पुगे दुर्घटना स्थल

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, जेठ ३०, २०८२  | बिहान १०:३९ बजे
Hamro Biratnagar Headlines

अहमदाबाद, असार १ — प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार अहमदाबादमा बिहीबार भएको भीषण विमान दुर्घटनास्थल पुगेका छन्। उनले घटनास्थलको अवलोकन गरेपछि सिधै सिविल अस्पताल पुगेर घाइतेहरूसँग भेट गरेका छन्।

एयर इन्डियाको लण्डन गन्तव्यका लागि उडेको विमान उडान भरेको केही क्षणमै रिहायसी क्षेत्रमा खस्दा २४१ जनाको मृत्यु भएको पुष्टि भएको छ। विमानमा २३० जना यात्रु र १२ जना चालकदलका सदस्य थिए। घटनामा भारतीय मूलका एक बेलायती नागरिक मात्र जीवित उद्धार भएका छन्।

बिज्ञापन

यस दर्दनाक दुर्घटनामा गुजरातका पूर्व मुख्यमन्त्री विजय रूपाणीको समेत मृत्यु भएको छ।

गृह मन्त्री अमित शाह पनि घटनास्थल पुगेका थिए। उनले भने, “झन्डै सबै यात्रुहरूको शव निकालिएको छ। विमानमा सवा लाख लिटर इन्धन भएकाले आगोको ताप अत्यधिक थियो र कसैलाई बचाउने सम्भावना अत्यन्त न्यून रह्यो।”

सरकारले घटनाको छानबिन सुरु गरिसकेको जनाएको छ भने पीडित परिवारलाई यथासक्य राहत र सहायता उपलब्ध गराइने बताइएको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka