Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

सिट नम्बर 11 A का एक यात्रु : जाे इन्डियन एयर क्रयासमा बाँचे ! दुर्घटनाबारे के भने ?

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, जेठ २९, २०८२  | राती ८:५८ बजे
Hamro Biratnagar Headlines

गुजरात । गुजरातको अमदाबादमा भएको भीषण विमान दुर्घटनाबाट कम्तीमा २०० जनाको मृत्यु भएको पुष्टि भइरहँदा एक जना यात्रु भने चमत्कारिक रूपमा जीवितै उद्धार गरिएको छ।

अमदाबाद प्रहरी प्रमुख जीएस मलिकले भारतीय समाचार संस्था एएनआईलाई दिएको जानकारीअनुसार उक्त यात्रु लन्डनतर्फ उडिरहेको बोइङ ७८७–८ विमानको सिट नम्बर ११ए मा थिए।

बिज्ञापन

विमानस्थलबाट प्राप्त यात्रु सूचीअनुसार सिट नम्बर ११ए मा बसेका व्यक्ति बेलायती नागरिक विश्वास कुमार रमेश हुन्। भारतीय सञ्चारमाध्यमहरूले उनलाई अस्पतालमै भेटेर संक्षिप्त प्रतिक्रिया लिएका छन्।

रमेशले भनेका छन्: “उडान भरेको ३० सेकेन्डमै ठूलो आवाज आयो र त्यसपछि विमान दुर्घटनामा पर्‍यो। सबै कुरा एकदम चाँडै भयो।” विमानमा चालक दलसहित २४२ जना सवार थिए। अहिलेको तथ्यांकअनुसार बाँकी सबैको मृत्यु भएको पुष्टि भइसकेको छ। रमेशको जीवित रहनुलाई चिकित्सकहरूले चमत्कार भनेका छन्। उनलाई स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

दुर्घटनापछि अमेरिकी विमान निर्माता कम्पनी बोइङ फेरि आलोचनाको घेरामा परेको छ, किनकि पछिल्ला वर्षहरूमा यस कम्पनीका विभिन्न मोडेलका विमानहरूमा प्राविधिक समस्या देखिँदै आएका छन्। दुर्घटनाको कारणबारे अनुसन्धान जारी रहेको अमदाबाद प्रहरीले जनाएको छ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार जीवित उद्धार गरिएका यात्रु विश्वास कुमार रमेशले आफ्नो नाम र सिट नम्बर देखिने बोर्डिङ पास सार्वजनिक गरेका छन्।

अमदाबाद प्रहरी आयुक्त जीएस मलिकले एएनआईसँग कुरा गर्दै भने, “उहाँ अस्पतालमा हुनुहुन्छ र उपचार भइरहेको छ।”

एयर इन्डियाका अनुसार ग्याटविक एयरपोर्ट जाँदै गरेको उक्त उडानमा १६९ जना भारतीय नागरिक, ५३ जना बेलायती, ७ जना पोर्चुगाली र १ जना क्यानाडेली नागरिक सवार थिए।

उडेको एक मिनेट पनि नपुग्दै विमान स्थानीय डाक्टरहरूको बसोबासका लागि प्रयोग गरिने आवासीय भवनमा बजारिएको थियो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka