Premier Cables
Premier Steel

अर्थ समाचार

कर खारेजीको माग गर्दै सुनचाँदी व्यवसायीहरु विरोधमा

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, जेठ २९, २०८२  | बिहान १०:२४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपालका सुनचाँदी व्यवसायीहरु सरकारद्वारा लगाइएको कर तथा नीति विरुद्ध आन्दोलनमा उत्रिएका छन्।

नेपाल सुनचाँदी व्यवसायी महासंघ, काठमाडौं र नेपाल सुनचाँदी व्यवसायी संघ, मोरङको अगुवाइमा व्यवसायीहरुले तीनवटा प्रमुख माग अघि सारेका छन्।

बिज्ञापन

व्यवसायीहरुको माग

१. सुनमा लगाइएको ५% विलासिता कर खारेज गरियोस् ।

२. हिरा, जवाहरत तथा पत्थरमा लगाइएको १५% भ्याट खारेज गरियोस् ।

३. सुनचाँदी सम्बन्धी स्पष्ट नीति निर्देशिका तत्काल जारी गरियोस् ।

व्यवसायीहरुले कर तथा नीतिगत अन्योलले व्यवसाय धरापमा परेको जनाउँदै सरकारसँग तत्काल वार्ता तथा माग सम्बोधनको लागि दबाब सिर्जना गरेका छन्।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यदि सरकारद्वारा शीघ्र पहल नभए आन्दोलनलाई थप चर्काइने चेतावनी पनि दिइएको छ।

विराटनगरका व्यवसायीले आज प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापन पत्र पठाउँदै छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka