Premier Cables
Premier Steel

शेयर बजार

शेयर बजार घट्याे तर हाइड्रोपावर समूहमा उत्साह

नोट: यो समाचार ४ महिना अघिको हो

Calendar बुधबार, जेठ २८, २०८२  | अपराह्न ३:३७ बजे

काठमाडौं । २ दिन लगातार बढेपछि बुधबार नेप्से सूचक सामान्य घटेको छ । यस दिन सूचक १३.६९ विन्दुले घटेर २६६४.४७ अंकमा आएको छ । ९ अर्ब ९० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । ३ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । हाइड्रोपावर समूहमा उत्साह देखिएको छ ।

पछिल्ला केही दिनयता विशेषगरी यो समूहमा सकारात्मक माहोल देखिन थालेको हो । हाइड्रोपावरका राम्रा कम्पनीहरु पनि बढ्न थालेका छन् । वित्तीय सूचक सबल रहेका, कम्पनीको सुशासन पनि तुलनात्मकरुपमा सबल मानिएका कम्पनीहरुमा राम्रो वृद्धि देखिएको हो ।

बिज्ञापन

ब्याजदर निरन्तर घटेपछि हाइड्रोपावर कम्पनीहरुलाई राहत मिलेको छ । अधिकांश जलविद्युत परियोजनाहरु ऋण लिएर नै सञ्चालन भएका हुन्छन् । ब्याजदर घट्दा यी कम्पनीहरुलाई राहत मिल्छ । यसबाट मुनाफामा सुधार आउने सम्भावना बढ्छ । यसकारण पनि लगानीकर्ता हाइड्रोपावरतिर आकर्षित भएको अनुमान गरिएको छ ।

त्यस्तै, भर्खर बढ्दोक्रममा रहेको बजारमा एकैसाथ सबैं कम्पनीहरु दिनहुँ वृद्धि हुन पनि गाह्रो हुन्छ । यसआधारमा कम्पनीगत र समूहगत हुँदै विस्तारै समग्र बजार बढ्ने गर्छ । यो बुल रनअन्तर्गत पर्ने चरणहरुको एउटा विशेषता पनि हो । कुनै एउटा समूह वा कम्पनीमा राम्रो वृद्धि भएपछि मात्रै अरु सस्ता कम्पनी वा समूहतिर समेत लगानीकर्ताको ध्यान जान सक्छ ।

केही कम्पनी वा समूहहरु बढ्दै जाँदा बजारमा नयाँ लगानीकर्ताहरुको प्रवेश हुन थाल्छ । पुराना लगानीकर्ताले पनि सकेसम्म आफ्नो लगानी बढाउन थाल्छन् । बिक्री पक्षभन्दा खरिद पक्ष मजबुत हुँदै जाँदा समग्र बजार बढ्न र माथिल्लो विन्दुहरुमा टिक्न सम्भव हुने जानकारहरु बताउँछन् ।

यद्यपि, पछिल्ला केही दिनको कारोबारले समग्रमा भने बजारमा सकारात्मक मनोबल बढ्दै गएको देखिन्छ । दैनिक कारोबार हुने बजारमा सामान्य घटबढलाई स्वभाविक मान्न सकिन्छ । तर बजारको समग्र माहोल कस्तो छ ? भन्ने कुरा सबैभन्दा महत्वपूर्ण हुने लगानीकर्ताहरु बताउँछन् ।

केही दिनयताका संकेतहरु सकारात्मक देखिएको छ । असार पनि लाग्दैछ । असार, साउन, भदौ जस्ता महिनामा सेयर बजारमा प्रायः सकारात्मक माहोल नै देखिने गर्छ । त्यसो त बजार घटेको तथा साइडवेजमा गएको पनि महिनौं भइसकेको छ । यी कारणहरुले पनि समग्रमा आउने दिनहरु सकारात्मक नै हुने विश्लेषणहरु भइरहेका छन् ।

बैंकमा लगानीयोग्य नगद थुप्रिएको छ । ब्याजदर घटेको छ । पछिल्ला नीतिहरु पनि सेयर कर्जातर्फ आकर्षित गराउने वातावरण बनाएको छ । यसआधारमा ठूला तथा संस्थागत लगानीकर्ताले कर्जा लिएर सेयर बजारमा प्रवेश गर्न सक्ने आँकलनहरु भइरहेको छ । यसो हुन सकेमा बजारमा थप सकारात्मक प्रभाव देखिन सक्नेछ ।

यस्तै, केन्द्रीय बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार अर्थतन्त्रका सूचकहरु सकारात्मक हुँर्दै गएका छन् । बाह्य अर्थतन्त्रका सूचकहरु निकै मजुबत छन् । अब आन्तरिक अर्थतन्त्रका सूचकहरु पनि क्रमशः सबल बन्दै जाने संकेत भने देखिएको छ । यसले पनि बजारमा माहोल ल्याउन भूमिका खेल्ने देखिन्छ ।

किनभने सेयर बजारमा अर्थतन्त्रको अवस्थाले पनि महत्वपूर्ण भूमिा खेल्ने विश्वास गरिन्छ । बजार बुलिस हुनुका लागि अझै बाँकी रहेका नीतिगत अवरोधहरु पनि हट्नुपर्ने हुन्छ । सहज तरिकाले सस्तो ब्याजदरमा सेयर धितो कर्जा पाउनुपर्छ । यस्तै, संस्थागत र ठूला लगानीकर्ताको प्रवेश हुन जरुरी देखिन्छ ।

यसैगरी, सूचीकृत कम्पनीहरुको मुनाफा र लाभांश क्षमता विस्तार आवश्यक हुन्छ । अर्थतन्त्रले पनि गति लिंदै जानुपर्ने देखिन्छ । यति हुन सकेमा सेयर बजारले अर्थतन्त्रको वास्तविक प्रतिनिधित्व पनि गर्न सक्नेछ ।

समग्र बजारमा तेजी आउनका लागि आधारभूतरुपमा सबल अवस्था रहेका, लाभांश वितरण क्षमता राम्रो रहेका कम्पनीहरु अघि बढ्नुपर्ने हुन्छ । तर अब विस्तारै यस्तो माहोल आउन सक्ने लगानीकर्ताले अनुमान लगाइरहेका छन् ।

धेरै नीतिगत अवरोधहरु हटिसकेको भए पनि बैंक–वित्तीय संस्थालाई अल्पकालीन कारोबार गर्न दिने व्यवस्था र व्यक्तिगततर्फ सेयर धितो कर्जाको सीमा भने अझै खुला गरिएको छैन । आगामी मौद्रिक नीतिबाट यी समस्या पनि समाधान हुने विश्वास लगानीकर्ताहरुले लिएको पाइन्छ ।

केन्द्रीय बैंकले हालैमात्र ठूला कर्जाका लागि जोखिमभार कम गरेकाले अब विस्तारै ठूला तथा संस्थागत लगानीकर्ताहरुले सेयर धितो कर्जा लिनेक्रम बढाउने अनुमानहरु भइरहेका छन् । बैंक ब्याजदर निकै तल्लो विन्दुमा झरेको छ । यतिबेला बैंकमा निक्षेप राखेर खासै ब्याज आउने अवस्था छैन । यसकारण निक्षेपकर्ताहरु विकर्षित भइरहेको देखिन्छ ।

सेयर कर्जा बढ्दै गएको बैंकरहरुले बताएका छन् । केन्द्रीय बैंकको पछिल्लो तथ्यांकले पनि यसलाई पुष्टि गरिसकेको छ । कर्जा लिएर सेयरमा लगानी गर्नेहरु बढ्दै जाँदा बजारमा सेयरको माग पनि बढ्ने र त्यसले समग्र सूचकलाई माथि लैजान सहयोग गर्ने विश्लेषण गर्न सकिन्छ ।

यस दिन ३ सय ७ कम्पनीको २ करोड २० लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ६१ करोड ५७ लाख रुपैयाभन्दा बढीसहित कारोबार रकममा राधि विद्युत कम्पनी अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सानिमा माई हाइढ्रोपावर र बुटवल पावर कम्पनी परेका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka