Premier Cables
Premier Steel

अर्थ

सेयर बजार गिरावटविरुद्ध लगानीकर्ता आन्दोलित, सेबोन कार्यालय घेराउ

Hamro Biratnagar News Channel Calendar मंगलबार, असार ३०, २०८३  | बिहान ११:१३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेपालको पूँजी बजारमा देखिएको निरन्तर गिरावटको विरोधमा सेयर लगानीकर्ताहरू आन्दोलनमा उत्रिएका छन्। पूर्वघोषित कार्यक्रमअनुसार सेयर लगानीकर्ता तथा अभियन्ता तिलक कोइरालाको नेतृत्वमा मंगलबार बिहान लगानीकर्ताहरू नेपाल धितोपत्र बोर्ड (सेबोन) को केन्द्रीय कार्यालय पुगेका हुन्।

आन्दोलनकारीहरूले सेबोन घेराउ गर्दै बजार सुधारका लागि तत्काल नीतिगत हस्तक्षेप गर्न सरकार र नियामक निकायसँग माग गरेका छन्। उनीहरूले यसअघि नै सेबोनमा तालाबन्दी गर्ने चेतावनी दिएका कारण बोर्ड परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

बिज्ञापन

प्रदर्शनलाई मध्यनजर गर्दै सेबोनको मुख्य प्रवेशद्वार बन्द गरिएको छ भने परिसरभित्र र बाहिर ठूलो संख्यामा नेपाल प्रहरी परिचालन गरिएको छ। सम्भावित अप्रिय घटना हुन नदिन सुरक्षा सतर्कता बढाइएको छ। तिलक कोइरालाले यसअघि सामाजिक सञ्जालमार्फत सम्पूर्ण लगानीकर्तालाई बिहान ९ बजे सेबोन कार्यालयमा उपस्थित हुन आह्वान गरेका थिए। उनका अनुसार बजार सुधारका लागि सम्बन्धित निकायले प्रभावकारी कदम नचालेपछि आन्दोलनको विकल्प रोज्नुपरेको हो।

आन्दोलनकारीहरूले नेपालको पूँजी बजारमा देखिएको लगातारको गिरावट, लगानीकर्ताको सम्पत्तिमा आएको ठूलो ह्रास तथा सरकार र नियामक निकायको उदासीनताविरुद्ध आवाज उठाएका छन्।

उनीहरूले बजारमा विश्वासको वातावरण सिर्जना गर्ने, लगानीकर्तामैत्री नीति ल्याउने तथा पूँजी बजार सुधारका लागि तत्काल निर्णय गर्न माग गरेका छन्। सेबोनमा विरोध प्रदर्शनपछि आन्दोलनकारीहरू नेपाल स्टक ब्रोकर एसोसिएसनको कार्यालय तथा विभिन्न ब्रोकर कम्पनीका कार्यालयतर्फ जाने कार्यक्रम रहेको जनाइएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa