Premier Cables
Premier Steel

विराटनगर

माउन्ट हर्मोन चिल्ड्रेन एकेडेमीको शानदार जित, अजालिया सेकेन्डरी स्कुल ५-० गोल अन्तरले पराजित

Hamro Biratnagar News Channel Calendar आइतबार, मंसिर १३, २०८३  | राती ८:२३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । चौथो DPS International Invitational Inter-School Football Running Shield–२०८३ अन्तर्गत तेस्रो दिनको खेलमा माउन्ट हर्मोन चिल्ड्रेन एकेडेमी, कानेपोखरी, मोरङले शानदार जित दर्ता गरेको छ।

आइतबार DPS विराटनगरको खेलमैदानमा सम्पन्न खेलमा माउन्ट हर्मोन चिल्ड्रेन एकेडेमीले विराटनगरस्थित अजालिया सेकेन्डरी स्कुललाई ५–० गोलको फराकिलो अन्तरले पराजित गरेको हो।

विज्ञापन

खेलको सुरुवातदेखि नै आक्रामक रणनीतिका साथ मैदानमा उत्रिएको माउन्ट हर्मोनले उत्कृष्ट टिमवर्क, बलमाथिको नियन्त्रण र प्रभावकारी खेल प्रदर्शन गर्दै विपक्षी टोलीमाथि दबाब कायम राखेको थियो। टोलीको उत्कृष्ट समन्वय र खेल कौशलका कारण माउन्ट हर्मोनले फराकिलो जित निकाल्न सफल भयो।

उक्त खेलमा उत्कृष्ट प्रदर्शन गरेका माउन्ट हर्मोन चिल्ड्रेन एकेडेमीका मिसेक खापुङ (जर्सी नम्बर २) प्लेयर अफ द म्याच घोषित भए।

प्रतियोगितामा सहभागी दुवै विद्यालयका खेलाडीहरूले देखाएको मेहनत, अनुशासन, टिमवर्क र खेलभावनाको आयोजकले प्रशंसा गरेको छ।

यसैबीच, प्रतियोगिताअन्तर्गत आगामी मंसिर १५ गते मंगलबार अर्को रोमाञ्चक खेल हुने भएको छ। उक्त खेलमा नेपालको जीवन विकास पब्लिक स्कुल र भारतको माउन्ट जिओन स्कुलबीच प्रतिस्पर्धा हुनेछ। खेल DPS विराटनगरको खेलमैदानमा सञ्चालन हुनेछ।

नेपाल र भारतका विद्यालयबीच हुन लागेको यस प्रतिस्पर्धाले प्रतियोगितालाई थप रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ। खेलप्रेमी तथा दर्शकहरूलाई उक्त खेल अवलोकन गर्न आयोजकले आग्रह गरेको छ।

DPS विराटनगरको आयोजनामा सञ्चालन भइरहेको चौथो DPS International Invitational Inter-School Football Running Shield–२०८३ ले विद्यालयस्तरमा फुटबल खेलको प्रवर्द्धन गर्नुका साथै विद्यार्थीहरूमा लुकेको खेल प्रतिभा उजागर गर्ने उद्देश्य राखेको छ। प्रतियोगिताले खेलकुदमार्फत आपसी मित्रता, अनुशासन, सहकार्य र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकले लिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

कोशीको आर्थिक रूपान्तरणका लागि निजी क्षेत्रसँग सहकार्य गर्नुपर्नेमा जोड, विराटनगरका उद्योगीले सुनाए समस्या

Clock Iconआइतबार, मंसिर १३, २०८३

कोशीमा निजी क्षेत्रसँग आर्थिक संवाद गर्न रास्वपा महामन्त्रीसहितका नेता विराटनगरमा

Clock Iconआइतबार, मंसिर १३, २०८३

अयोध्या-जनकपुर रेलसेवाले पर्यटनको नयाँ ढोका खोल्यो, पर्यटक टिकाइराख्नु मुख्य चुनौती

Clock Iconआइतबार, मंसिर १३, २०८३

फरक स्वाद, फरक उर्जा : पाँच नयाँ फ्लेभर सहित एक्स्ट्रिम बजारमा

Clock Iconबिहिबार, मंसिर १०, २०८३

बालेन सरकारको नयाँ कदम: कर प्रणाली सुधार्न ६३ ऐन संशोधन, करदातालाई राहतदेखि लगानीकर्तालाई सुविधा

Clock Iconबिहिबार, मंसिर १०, २०८३

विदेशी लगानी भित्र्याउने तयारीमा विराटनगर जुट मिल्स, ३५ वर्ष सञ्चालनको जिम्मा दिन प्रस्ताव आह्वान

Clock Iconबुधबार, मंसिर ०९, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka