Premier Cables
Premier Steel

स्वास्थ्य

युरोपेली ब्रान्ड ‘बेबी चार्म’ डायपर नेपाली बजारमा, महिला उद्यमी निशा सेढाईंको पहल

Hamro Biratnagar News Channel Calendar शनिबार, मंसिर १२, २०८३  | अपराह्न १:२६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । बेल्जियमस्थित बहुराष्ट्रिय कम्पनी अन्टेक्स ग्लोबल (Ontex Global) को युरोपेली ब्रान्ड ‘बेबी चार्म’ (Baby Charm) डायपर नेपाली बजारमा आधिकारिक रूपमा उपलब्ध भएको छ। शिशु हेरचाह, महिला स्वच्छता तथा वयस्क हेरचाहसम्बन्धी सामग्री उत्पादन गर्दै आएको अन्टेक्सका उत्पादन विश्वका ११० भन्दा बढी देशमा बिक्री हुँदै आएका छन्।
नेपालमा बेबी चार्म डायपरको आधिकारिक आयात तथा वितरणको जिम्मेवारी नियोम वर्ल्ड ट्रेड प्रालिले लिएको छ। कम्पनीकी अध्यक्ष निशा सेढाईंले नेपाली अभिभावकलाई गुणस्तरीय युरोपेली डायपर उपलब्ध गराउने उद्देश्यले व्यवसाय सुरु गरेकी हुन्।
आफ्नै अनुभवले बनायो उद्यमी
ललितपुर निवासी सेढाईंको उद्यमशीलताको यात्रा आफ्नै बच्चाको हेरचाह गर्ने क्रममा सुरु भएको हो। बजारमा उपलब्ध विभिन्न ब्रान्डका डायपर प्रयोग गर्दा बच्चामा छालासम्बन्धी समस्या, चुहावट तथा असहजता देखिएपछि उनले गुणस्तरीय विकल्पको खोजी गरेकी थिइन्।

सोही क्रममा विदेशमा रहेका आफन्तमार्फत बेबी चार्म डायपरबारे जानकारी पाएपछि नेपालमा यसको बजार विस्तार गर्ने योजना बनाएको उनले बताइन्।
“मेरो बच्चाले सहज रूपमा प्रयोग गर्न सकेको डायपर सबै नेपाली अभिभावकका बच्चासम्म पनि पुर्‍याउनुपर्छ भन्ने सोचबाट व्यवसाय सुरु गर्ने निर्णय गरेँ,” सेढाईंले भनिन्।
२०८१ सालमा स्थापना भएको नियोम वर्ल्ड ट्रेड प्रालिमार्फत उनले बेबी चार्म डायपर नेपाली बजारमा भित्र्याएकी हुन्। परिवारको साथ र सहयोगले व्यवसाय सञ्चालन गर्न सहज भएको उनको भनाइ छ।

विज्ञापन

युरोपेली गुणस्तर र छालामैत्री उत्पादनको दाबी

अन्टेक्स ग्लोबलका उत्पादन युरोपेली मापदण्डअनुसार निर्माण हुने कम्पनीले जनाएको छ। बेबी चार्म डायपर उच्च शोषण क्षमता, चुहावट नियन्त्रण तथा शिशुको सहजतालाई ध्यानमा राखेर डिजाइन गरिएको कम्पनीको दाबी छ।
अध्यक्ष सेढाईंका अनुसार डायपरमा प्रयोग गरिएका सामग्री शिशुको संवेदनशील छालालाई ध्यानमा राखेर तयार पारिएका छन्। यसले छालामा जलन तथा एलर्जीको सम्भावना कम गर्ने र शिशुलाई लामो समयसम्म सुख्खा तथा आरामदायी राख्न सहयोग गर्ने उनले बताइन्।
११० भन्दा बढी देशमा अन्टेक्सको बजार
बेल्जियममा मुख्यालय रहेको अन्टेक्स ग्लोबलले विश्वका विभिन्न देशमा उत्पादन तथा वितरण गर्दै आएको छ। कम्पनीका अनुसार विश्वभर १२ वटा ठूला उत्पादन केन्द्र सञ्चालनमा छन्।
कम्पनीले शिशुका लागि डायपर तथा प्यान्ट, महिलाका लागि सेनेटरी प्याड, लाइनर तथा ट्याम्पोन र वयस्कका लागि विभिन्न हाइजिनसम्बन्धी सामग्री उत्पादन गर्दै आएको छ। युरोप, मध्यपूर्व, उत्तर अमेरिका तथा दक्षिण अमेरिकासहित ११० भन्दा बढी देशमा कम्पनीका उत्पादन बिक्री हुँदै आएका छन्। कम्पनीको वार्षिक कारोबार करिब २ अर्ब युरो रहेको बताइएको छ।
प्रमुख सहरमा उपलब्ध, ग्रामीण बजार विस्तारको तयारी
हाल बेबी चार्म डायपर काठमाडौं उपत्यका, पोखरालगायत प्रमुख सहरका भाटभटेनी, फार्मेसी, सुपरमार्केट तथा विभिन्न बिक्री केन्द्रमा उपलब्ध रहेको कम्पनीले जनाएको छ। उपभोक्ताले अनलाइन माध्यमबाट दराजमार्फत पनि उत्पादन खरिद गर्न सक्नेछन्।
अब ग्रामीण क्षेत्रसम्म वितरण सञ्जाल विस्तार गर्ने तयारी भइरहेको अध्यक्ष सेढाईंले बताइन्। स्थानीय व्यवसायी तथा स्वास्थ्यकर्मीसँग सहकार्य गरी देशभर उत्पादनको पहुँच पुर्‍याउने योजना रहेको उनले जानकारी दिइन्।
सस्तो मूल्यका उत्पादनसँग प्रतिस्पर्धा चुनौती
नेपाली बजारमा कम मूल्यका विभिन्न ब्रान्डका डायपरसँग प्रतिस्पर्धा गर्नु चुनौतीपूर्ण रहेको सेढाईंको अनुभव छ। यद्यपि गुणस्तर र उपभोक्ताको विश्वासलाई प्राथमिकतामा राखेर बजार विस्तार गरिरहेको उनले बताइन्।
“उपभोक्ताले एकपटक प्रयोग गरेपछि गुणस्तरकै कारण पुनः यही उत्पादन रोज्नुहुनेछ भन्ने विश्वास छ,” उनले भनिन्।
कम्पनीका अनुसार बजारमा आएको अवधिदेखि बेबी चार्म डायपरले अभिभावकबाट सकारात्मक प्रतिक्रिया पाउँदै आएको छ। छालामा जलन कम हुने, लामो समयसम्म सुख्खा राख्ने तथा चुहावट नियन्त्रण गर्ने विशेषताका कारण उपभोक्ताको आकर्षण बढ्दै गएको कम्पनीको दाबी छ।
उपभोक्तालाई आकर्षित गर्न कम्पनीले विभिन्न छुट तथा प्रवर्द्धनात्मक योजना पनि सञ्चालन गर्दै आएको छ। हाल अनलाइन खरिदमा तीन प्याक डायपर किन्दा एक प्याक निःशुल्क दिने योजना सञ्चालनमा रहेको सेढाईंले जानकारी दिइन्।
सेनेटरी प्याड पनि नेपाली बजारमा ल्याउने तयारी
बेबी चार्म डायपरसँगै अन्टेक्स ग्लोबलकै युरोपेली ब्रान्डको सेनेटरी प्याड पनि केही समयभित्र नेपाली बजारमा ल्याउने तयारी भइरहेको कम्पनीले जनाएको छ।
महिलाको स्वास्थ्य तथा स्वच्छतालाई प्राथमिकता दिँदै नयाँ उत्पादन सार्वजनिक गर्न लागिएको अध्यक्ष सेढाईंले बताइन्।
महिला उद्यमशीलताका लागि सहज वातावरण बनाउन आग्रह
महिला उद्यमशीलतालाई प्रोत्साहन गर्न सरकारले कर प्रणाली सरल बनाउनुका साथै व्यवसाय सञ्चालनका प्रशासनिक तथा कागजी प्रक्रिया सहज बनाउनुपर्ने सेढाईंको सुझाव छ। साना तथा नयाँ व्यवसायलाई प्रोत्साहन गर्ने नीति आवश्यक रहेको उनको भनाइ छ।
त्यस्तै, ग्रामीण क्षेत्रमा उत्पादनको वितरण विस्तार गर्न पूर्वाधार तथा यातायात क्षेत्रमा सरकारी सहयोग आवश्यक रहेको उनले बताइन्।
अभिभावकलाई मूल्यभन्दा शिशुको स्वास्थ्य र सुरक्षालाई प्राथमिकता दिएर डायपर छनोट गर्न आग्रह गर्दै सेढाईंले गुणस्तरीय तथा आधिकारिक उत्पादन खरिद गर्न सुझाव दिइन्।
“बच्चाको छालामा प्रत्यक्ष सम्पर्कमा रहने भएकाले डायपर खरिद गर्दा अन्टेक्सको आधिकारिक लोगो तथा उत्पादनको प्रमाणिकता जाँच गरेर मात्रै खरिद गर्नुस्,” उनले भनिन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

फरक स्वाद, फरक उर्जा : पाँच नयाँ फ्लेभर सहित एक्स्ट्रिम बजारमा

Clock Iconबिहिबार, मंसिर १०, २०८३

बालेन सरकारको नयाँ कदम: कर प्रणाली सुधार्न ६३ ऐन संशोधन, करदातालाई राहतदेखि लगानीकर्तालाई सुविधा

Clock Iconबिहिबार, मंसिर १०, २०८३

विदेशी लगानी भित्र्याउने तयारीमा विराटनगर जुट मिल्स, ३५ वर्ष सञ्चालनको जिम्मा दिन प्रस्ताव आह्वान

Clock Iconबुधबार, मंसिर ०९, २०८३

भारतमा नेपालीले क्यूआरबाट भुक्तानी गर्न अझै अनिश्चित, कहाँ अड्कियो सहमति ?

Clock Iconबुधबार, मंसिर ०९, २०८३

विराट एक्स्पो २०२६-एउटै छानामुनि उद्योगदेखि रोजगारीसम्मका अवसर

Clock Iconमंगलबार, मंसिर ०८, २०८३

अयोध्याबाट आएको सरयू–कमला एक्सप्रेस जनकपुरधाममा, भव्य स्वागत

Clock Iconमंगलबार, मंसिर ०८, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka