






काठमाडौं । टेस्लाको सेयर भाउमा बिहीबार १४ प्रतिशतले घटेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इलन मस्कका कम्पनीहरुका लागि सरकारी ठेक्काहरु रद्द गर्ने धम्की दिएपछि सेयर भाउमा भारी गिरावट आएको हो । ट्रम्प प्रशासनको खर्च विधेयकलाई लिएर डोनाल्ड ट्रम्प र इलन मस्कबीच वाकयुद्ध थप चर्किएको छ ।
यसले इलेक्ट्रिक सवारी साधन निर्माता कम्पनीको बजार मूल्यबाट १५२ अर्ब डलर गिरावट ल्याएको सीएनबीसीले लेखेको छ । जुन टेस्लाको इतिहासमै सबैभन्दा ठूलो गिरावट हो । यससँगै, टेस्लाको बजार मूल्य १० खर्ब डलर ९१ ट्रिलियन डलर० भन्दा तल झरेर बिहीबार ९१६ अर्ब डलरमा सीमित भएको छ ।
ट्रम्पलाई राष्ट्रपति पदमा जिताउन मस्कले उल्लेखनीय भूमिका खेलेका थिए । तर अहिले यी दुईबीचको सम्बन्ध चिसिएको छ । ूइलनको सहनशीलता सकिँदै थियो, मैले उनलाई जाउ भन्नुपर्यो । सबैलाई विद्युतीय कार किन्न बाध्य बनाउने किसिमको उनको इभी म्यान्डेटलाई मैले हटाइदिँए । अनि उनी एक्कासि पागल जस्तै भएू, ट्रम्पले मस्कका बारेमा आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन् ।
ट्रम्पले बिहीबार बिहान ओभल अफिसबाट बोल्दै इलन मस्क बजेट विधेयकमा इभी क्रेडिटहरु समावेश नभएकोमा असन्तुष्ट भएको बताएका छन् । इलन र मबीच राम्रो सम्बन्ध थियो । अब त्यो रहन्छ कि रहँदैन, मलाई थाहा छैनू, ट्रम्पले ओभल अफिसमा भने । राष्ट्रपति ट्रम्पको भनाइपछि मस्कले ूजेसुकै होस्ू भन्ने जवाफ दिएका छन् ।
मस्कले एक्समा पोष्ट गरेका छन्, “म बिना ट्रम्प चुनाव हार्थे, डेमोक्र्याटहरुले प्रतिनिधि सभामा नियन्त्रण जमाउने थिए, र सिनेटमा रिपब्लिकनहरु ५१(४९ हुने थिए ।” विश्वकै धनी व्यक्ति इलन मस्कले पछिल्ला केही दिनमा विधेयकको पक्षमा मतदान गर्ने सांसदहरुलाई प्राइमरी चुनावमा सामना गराउनुपर्ने चेतावनी दिएका छन् । मस्कले उक्त विधेयकलाई “घृणित र विकृत” भनेका छन्, जुन हालैको दिनहरुमा प्रशासनप्रति उनको धारणा र भनाइमा ठूलो परिवर्तनको संकेत हो ।