Premier Cables
Premier Steel

राष्ट्रिय

छठ पूजास्थलमा तोडफोड गर्ने आरोपमा दुई जना पक्राउ

Hamro Biratnagar News Channel Calendar सोमबार, कार्तिक ३०, २०८३  | बिहान १०:०३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । सुनसरीको हरिनगर गाउँपालिका–६ स्थित टपरा अर्नमा घाटमा छठ पूजास्थल तोडफोड गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार कात्तिक २९ गते साँझ करिब ७ः३० बजे छठ पूजा सकेर भक्तजनहरू घर फर्किएपछि अपरिचित व्यक्तिहरूले पूजास्थलमा तोडफोड गरेका थिए।

विज्ञापन

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले हरिनगर गाउँपालिका–६ का १९ वर्षीय रिजवान मन्सुरी र २१ वर्षीय मोहम्मद जहुर मियाँलाई पक्राउ गरेको हो।

पक्राउ परेका दुवै जनामाथि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तोडफोडका कारण क्षति पुगेको छठ पूजास्थल पुनर्निर्माण गरी पुरानै अवस्थामा ल्याइएको पनि प्रहरीले जानकारी दिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka