Premier Cables
Premier Steel

राजनीति

कुमार बेन प्रकरणमा प्रधानमन्त्रीको निर्णयलाई रास्वपाको साथ

Hamro Biratnagar News Channel Calendar आइतबार, कार्तिक २९, २०८३  | बिहान १०:४० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)का प्रमुख सल्लाहकार कुमार बेनसँग जोडिएको विवादमा प्रधानमन्त्रीले चाल्ने कदमलाई सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पूर्ण समर्थन गर्ने जनाएको छ ।

रास्वपाका प्रवक्ता एवं सांसद जगदीश खरेलले आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उक्त विषय सरकार र प्रधानमन्त्रीको कार्यक्षेत्रभित्र पर्ने बताएका हुन् ।

विज्ञापन

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको निवासमा चौधरी ग्रुपका व्यक्तिहरू तथा बिचौलियाको आरोप लागेका इनम सापकोटाको मोबाइल फोन लगिएको घटना सार्वजनिक भएपछि रास्वपाको धारणा मागिएको थियो ।

जवाफमा प्रवक्ता खरेलले सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा सार्वजनिक भएका विषयमा आवश्यक निर्णय लिने जिम्मेवारी प्रधानमन्त्रीकै भएको बताए । सरकारका आन्तरिक कामकारबाहीमा पार्टीले हस्तक्षेप गर्दा राजनीतिक हस्तक्षेपको आरोप लाग्न सक्ने उनको भनाइ थियो ।

प्रधानमन्त्रीले कुनै व्यक्तिबाट गलत काम भएको निष्कर्ष निकालेर कारबाही प्रक्रिया अघि बढाए रास्वपाले पूर्ण सहयोग गर्ने उनले स्पष्ट पारे ।

खरेलका अनुसार यो विषय अहिलेसम्म पार्टीमा औपचारिक रूपमा प्रवेश गरेको छैन । पार्टी महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा २० सदस्यीय टोली चीन भ्रमणमा जान लागेको र सभापति छठ पर्व मनाउन तराईमा रहेकाले यसबारे औपचारिक छलफल हुन नसकेको उनले बताए ।

उनले पार्टीभन्दा पहिले सरकार र प्रधानमन्त्रीको धारणा तथा निर्णयलाई प्राथमिकता दिनुपर्ने पनि उल्लेख गरे ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Premier Steel
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka