Premier Cables
Premier Steel

चलचित्र

सुदूरपश्चिमले काठमान्डुलाई दियो १२६ रनको लक्ष्य

Hamro Biratnagar News Channel Calendar शुक्रबार, कार्तिक २७, २०८३  | अपराह्न २:१७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र काठमान्डु गोर्खाजले प्रतिस्पर्धा गरिरहेका छन् ।

टियु मैदानमा जारी खेलमा सुदूरपश्चिमले काठमान्डुलाई जितका लागि १२६ रनको लक्ष्य दिएको छ ।

विज्ञापन

टस हारेर ब्याटिङ थालेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेटको क्षतिमा १२५ रन जोड्यो ।

सुदूरपश्चिमको सुरुवात निकै खराब रह्यो । ओपनर स्कट कुगलेइनले ६ रन बनाउँदा विनोद भण्डारीले १ रनमात्रै जोडे । त्यसपछि ब्याटिङमा आएका ब्रेन्डन म्याकमुलेन र ईशान पाण्डे खाता समेत खोल्न नसकी शून्य रनमै पभेलियन फर्किए । दुवैलाई काठमान्डुका बलर सन्तोष यादवले आउट पारे ।

पाँचौ नम्बरमा ब्याटिङमा आएका कप्तान दीपेन्द्र सिंह ऐरी र छैटौंमा आएका आरिफ शेखले सुदूरपश्चिमको इनिङ्स सम्हाले । तर, शेख रनआउट भएपछि सुदूरपश्चिम फेरि समस्यामा आयो । शेखले २५ बलमा १६ रनमात्रै बनाए ।

कप्तान ऐरीले अर्धशतकीय पारी खेले । उनले ६० रनको योगदान दिए ।

यस्तै, थरिन्दु रत्नायकेले नटआउट २६ रन जोडे ।

बलिङतर्फ काठमान्डुका जहानदाद खानले तीन तथा सन्तोष यादवले दुई विकेट लिए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka