Premier Cables
Premier Steel

खेलकुद

भ्रष्टाचारको आरोपपछि कोशी र गण्डकीका खेलकुद पदाधिकारीको पद गुम्यो

Hamro Biratnagar News Channel Calendar बुधबार, कार्तिक २५, २०८३  | अपराह्न १:४० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । भ्रष्टाचारसम्बन्धी आरोप र अनियमितताका कारण कोशी र गण्डकी प्रदेशका खेलकुद क्षेत्रका दुई उच्च पदाधिकारी एकै समयमा पदबाट बाहिरिएका छन्।

कोशी प्रदेश खेलकुद विकास बोर्डका उपाध्यक्ष बसन्तराज अर्याल निलम्बनमा परेका छन् भने गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्यसचिव श्रीधर शर्मा पदमुक्त भएका छन्।

विज्ञापन

कोशी प्रदेशका उपाध्यक्ष अर्यालमाथि करिब ७३ करोड ५० लाख रुपैयाँ बराबरको भ्रष्टाचारसम्बन्धी मुद्दा लागेको छ। रिजाल क्यानिङ एन्ड कम्पनीको जग्गा सट्टापट्टा तथा बिक्री गर्न दिएर राज्यकोषमा हानिनोक्सानी पुर्‍याएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मुद्दा दायर गरेको हो।

अर्याल तत्कालीन कृषि विकास कार्यालयका योजना अधिकृतसमेत थिए। उक्त भ्रष्टाचार प्रकरणमा उनी पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँगै प्रतिवादी बनेका छन्। भ्रष्टाचार मुद्दा दायर भएसँगै उनी कोशी प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्ष पदबाट स्वतः निलम्बनमा परेका हुन्।

यता गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्यसचिव श्रीधर शर्मा भने खेलकुद पदक तथा नगद पुरस्कार वितरणमा अनियमितता गरेको आरोपमा पदमुक्त भएका छन्। पदक वितरण प्रक्रियामा भएको भनिएको अनियमिततापछि प्रदेश सरकारले उनलाई जिम्मेवारीबाट हटाएको हो।

यसरी कोशी प्रदेशमा भ्रष्टाचार मुद्दाका कारण उपाध्यक्ष निलम्बनमा पर्दा गण्डकी प्रदेशमा पदक तथा पुरस्कार वितरणसम्बन्धी अनियमितताको आरोपपछि सदस्यसचिव पदमुक्त भएका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka