Premier Cables
Premier Steel

खेलकुद

कोसी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट शुरु

नोट: यो समाचार ४ महिना अघिको हो

Calendar शनिबार, जेठ २४, २०८२  | साँझ ७:५७ बजे

विराटनगर। कोसी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा प्रदेश स्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता सुरु भएको छ।

शनिबार विराटनगरस्थित शहिद रंगशालामा प्रदेशका ११ जिल्लाका खेलाडीहरुको सहभागितामा १५ औँ राष्ट्रपति रनिङ शिल्ड कोशी प्रदेशस्तरीय छनोट प्रतियोगिता सुरु भएको हो।

बिज्ञापन

प्रतियोगिताको उद्घाटन गर्दै कोशी प्रदेश सभाका सभामुख अम्बर बहादुर विष्टले पूर्वाधारको विकासले मात्रै राष्ट्रको विकास नहुने भन्दै शिक्षा, खेलकुद लगायतको क्षेत्रमा समेत पर्याप्त लगानी भए चौतर्फी विकास हासिल गर्न सकिने बताए ।‌ उनले कोसी प्रदेश सरकारलाई आगामी बजेटमा खेलकुद क्षेत्रका लागि फराकिलो मन बनाएर रकम विनियोजन गर्न आग्रह गरे ।

कोसी प्रदेशका सामाजिक विकास मन्त्री तथा प्रदेश खेलकुद विकास बोर्डका अध्यक्ष पाँचकर्ण राईले प्रदेश सरकारको आगामी बजेट खेलक्षेत्र र खेलाडीलाई प्राथिमिकतामा राखेर निर्माण गरिने प्रतिवद्धता व्यक्त गरे । मन्त्री राईले छोटो समयको सूचनाको आधारमा प्रतियोगिता आयोजना गर्न सफल भएकोमा सरोकारवाला र खेलाडीहरुमा धन्यवाद दिए ।‌

त्यस्तै, कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम)ले प्रतियोगितामा सहभागी खेलाडीहरूलाई शुभकामना व्यक्त गर्दै राष्ट्रपति रनिङ शिल्डमा विजयी हुने खेलाडीको बोर्डले उचित सम्मान गर्ने बताए । उनले खेलाडीले सम्मानपूर्वक बाँच्ने अवस्थाको निर्माणको लागि बोर्डले कार्य गरिरहेको जानकारी गराए ।

बस्नेतले प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागी नभएको सोलुखुम्बु, सुनसरी र खोटाङलाई प्रतियोगितामा खेलाडीको सहभागी हुने अधिकार सुनश्चित गर्न असफल भएको भन्दै सो जिल्लाका जिल्ला खेलकुद विकास समितिलाई आवश्यक कारबाही हुने समेत बताए ।

छनोट प्रतियोगितामा ११ जिल्लाबाट भलिबल, कबड्डी, कराते, तेक्वान्दो, उसु र एथलेटिक्स खेलमा झन्डै १ हजार खेलाडीको सहभागिता रहेको छ। छनोट प्रतियोगितामा विजयी खेलाडीहरूले जेठ २८ देखि ३० सम्म काठमाडौँमा हुने १५ औँ राष्ट्रपति रनिङ शिल्डमा कोसी प्रदेशको प्रतिनिधित्व गर्नेछन् ।


*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka