Premier Cables
Premier Steel

अपराध विराटनगर

रतुवामाईमा प्रहरीको गोली लागेर दुई भारतीय नागरिक घाइते, ५०० ग्राम ब्राउन सुगर र पेस्तोल बरामद

Hamro Biratnagar News Channel Calendar शुक्रबार, कार्तिक १४, २०८३  | बिहान ८:१४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । मोरङको रतुवामाईमा प्रहरीले गोली चलाउँदा दुई भारतीय नागरिक घाइते भएका छन्। लागुऔषध ओसारपसार तथा कारोबारमा संलग्न गिरोहलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले बिहीबार राति गोली चलाएको हो।

प्रहरीका अनुसार गोली लागेर भारतको अररिया निवासी २२ वर्षीय दीपककुमार बोसाक र ४० वर्षीय पुरन बोसाक घाइते भएका छन्। दुवैको घुँडामुनि गोली लागेको छ। उनीहरूको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको छ।

विज्ञापन

लागुऔषध नियन्त्रण ब्युरो काठमाडौं र विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले रतुवामाई नगरपालिका–६ शनिश्चरेमा राति करिब ९ः३० बजे चेकजाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिन खोजेको थियो। प्रहरीलाई देखेपछि भाग्न खोज्नुका साथै प्रहरीमाथि गोली प्रहारको प्रयास भएपछि जवाफी कारबाहीमा आठ राउन्ड गोली चलाइएको मोरङ प्रहरीले जनाएको छ।

घटनामा घाइते दुई भारतीय नागरिकसहित रतुवामाई–१ का ३५ वर्षीय प्रमोद ठाकुरलाई पनि प्रहरीले पक्राउ गरेको छ।

उनीहरूको साथबाट करिब ५०० ग्राम खैरो हेरोइन (ब्राउन सुगर), एक थान होममेड पेस्तोल, एक राउन्ड गोली तथा दुईवटा मोटरसाइकल बरामद भएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka