Premier Cables
Premier Steel

चलचित्र

बलिउड हिरो इमरान खानलाई भारत छाड्न मुम्बई प्रहरीको निर्देशन

Hamro Biratnagar News Channel Calendar बिहिबार, असोज २९, २०८३  | अपराह्न २:०७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

मुम्बइ । भारतीय अभिनेता इमरान खानलाई मुम्बई प्रहरीले अक्टोबर २८ भित्र भारत छाड्न निर्देशन दिएको छ। मुम्बई प्रहरीका अनुसार गैरभारतीय नागरिक रहेका उनलाई अध्यागमन कानुनको सम्बन्धित प्रावधानअनुसार भारत छाड्न सूचना जारी गरिएको हो।

आमिर खानका भान्जा इमरानले प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै मुम्बईको अगस्ट क्रान्ति मैदानमा आयोजित प्रदर्शनमा सहभागिता जनाएका थिए। प्रदर्शनका क्रममा प्रहरीले उनलाई केही समय नियन्त्रणमा लिएको थियो।

विज्ञापन

‘डेल्ली बेल्ली’ चलचित्रका अभिनेताले प्रहरी भ्यानभित्र रहेको आफ्नो तस्बिरसमेत सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए। भारतीय नागरिक नभए पनि विरोध प्रदर्शनमा सहभागी भएको विषयलाई लिएर उनीमाथि कानुनी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ।

यो घटनाक्रम भारतमा निर्वाचन आयोगको नेतृत्वलाई लिएर भएको विरोध प्रदर्शनसँग जोडिएको छ।

अक्टोबर १० मा नयाँ दिल्लीको जन्तर मन्तरमा नागरिक समाज समूह सीजेपीले प्रस्ताव गरेको प्रदर्शनका क्रममा पनि प्रहरीले कडा सुरक्षा व्यवस्था अपनाएको थियो। समाचारअनुसार, उक्त प्रदर्शनलाई सीमित गर्न ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो। राजधानीका केही क्षेत्रमा इन्टरनेट सेवा निलम्बन तथा मेट्रो सेवा प्रभावित भएको विवरण सार्वजनिक भएका थिए।

उक्त कारबाहीका क्रममा अरविन्द केजरीवाल, ममता बनर्जी र पिनाराई विजयनजस्ता विपक्षी नेताहरूसहित सात हजारभन्दा बढी व्यक्तिलाई नियन्त्रणमा लिइएको समाचारमा उल्लेख छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka