Premier Cables
Premier Steel

विराटनगर

दशैँ कप इन्डोर क्रिकेटको उपाधि आई मोबाइल इन्टरकन्टिनेन्टललाई

Hamro Biratnagar News Channel Calendar बुधबार, असोज २८, २०८३  | साँझ ५:०३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर। सिद्धार्थ स्पोर्टिङ क्लबको आयोजनामा असोज २७ र २८ गते विराटनगरमा सम्पन्न दशैँ कप २०८३ इन्डोर क्रिकेट प्रतियोगिताको उपाधि आई मोबाइल इन्टरकन्टिनेन्टलले जितेको छ। विराटनगरको भिआईपी रोडस्थित जेएनएल फुटसलमा आयोजित प्रतियोगिताको फाइनलमा अन्नपूर्ण टिम र आई मोबाइल इन्टरकन्टिनेन्टलबीच प्रतिस्पर्धा भएको थियो। उत्कृष्ट प्रदर्शन गर्दै आई मोबाइल इन्टरकन्टिनेन्टलले उपाधि जित्न सफल भयो।

१२ वटा टिमको सहभागिता रहेको प्रतियोगिताको समापन कार्यक्रममा मार्टर्स मेमोरियल कलेजका अध्यक्ष विष्णु डंगोल प्रमुख अतिथिका रूपमा उपस्थित थिए।

विज्ञापन

प्रतियोगितामा सिद्धान्त लोहनी उत्कृष्ट ब्याट्सम्यान घोषित भए भने महबुब इराकी उत्कृष्ट बलर बने। त्यस्तै, फिरदोस अन्सारी प्रतियोगिताकै उत्कृष्ट खेलाडी (प्लेयर अफ द टुर्नामेन्ट) घोषित भए।

दशैँको अवसर पारेर आयोजना गरिएको प्रतियोगिताले खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै इन्डोर क्रिकेटको प्रवर्द्धनमा योगदान पुर्‍याएको छ। सिद्धार्थ स्पोर्टिङ क्लबले आयोजना गरेको प्रतियोगिताले युवाहरूमा खेलकुदप्रतिको रुचि बढाउन र स्थानीय खेलाडीबीच प्रतिस्पर्धात्मक भावना विकास गर्न सहयोग पुर्‍याएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka