Premier Cables
Premier Steel

राजनीति

कांग्रेस महाधिवेशनको मतगणना जारी, आज २५ समूहको नतिजा आउने अपेक्षा

Hamro Biratnagar News Channel Calendar मंगलबार, असोज २७, २०८३  | बिहान ९:१३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी छ। आज पनि औसतमा २५ समूह बनाएर मतगणना गर्ने तयारी गरिएको नेपाली कांग्रेस मिडिया सेन्टरले जनाएको छ।

मिडिया सेन्टरका अनुसार जनसम्पर्क समितितर्फका दुई महिला र पाँच खुला गरी सात केन्द्रीय सदस्यको मतगणना सम्पन्न भएको छ। त्यस्तै, पिछडिएको क्षेत्रतर्फका सहमहामन्त्री र केन्द्रीय सदस्यहरूको मतगणना पनि सकिएको छ।

विज्ञापन

यी पदको मतगणना जारी

हाल खुला सहमहामन्त्री, महिला सहमहामन्त्री र महिला केन्द्रीय सदस्यहरूको मतगणना भइरहेको छ।

त्यसैगरी, आदिवासी जनजातितर्फका सहमहामन्त्री तथा केन्द्रीय सदस्य, सुदूरपश्चिम भूगोलअन्तर्गतका खुला, महिला र ३५ वर्षमुनिका केन्द्रीय सदस्य तथा ३५ वर्षमुनिका खुला केन्द्रीय सदस्यहरूको मतगणना पनि जारी रहेको छ।

अब यी समूहको मतगणना सुरु हुने

मिडिया सेन्टरका अनुसार केहीबेरमा खुला ४५ जना केन्द्रीय सदस्यको मतगणना सुरु हुनेछ।

त्यसपछि दलिततर्फका सहमहामन्त्री तथा खुला, महिला र मधेसी दलित केन्द्रीय सदस्यहरूको मतगणना गरिनेछ। अल्पसंख्यक तथा अपाङ्गतातर्फका सहमहामन्त्री र केन्द्रीय सदस्यहरूको मतगणना पनि सुरु गर्ने तयारी छ।

त्यस्तै, मधेसीतर्फका सहमहामन्त्री तथा खुला र महिला केन्द्रीय सदस्य, खस आर्यतर्फका सहमहामन्त्री तथा खुला र महिला केन्द्रीय सदस्य र पेशागत समूहअन्तर्गतका खुला तथा महिला केन्द्रीय सदस्यहरूको मतगणना पनि गरिने जनाइएको छ।

नेपाली कांग्रेस मिडिया सेन्टरका अनुसार आज विभिन्न समूहमा मतगणना अघि बढाइनेछ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka