Premier Cables
Premier Steel

खेलकुद

लगातार दोस्रो जितको खोजीमा नेपाल, आज ओमानसँग भिड्दै

Hamro Biratnagar News Channel Calendar मंगलबार, असोज २७, २०८३  | बिहान ९:०१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा नेपालले आज घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ। पहिलो खेलमा जित निकालेको नेपाल आज पनि विजयी हुँदै लगातार दोस्रो जित दर्ता गर्ने लक्ष्यमा छ।

अल अमिरेत रंगशालामा हुने खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ। ओमानविरुद्ध जित निकाल्न सके नेपालको शीर्ष ६ मा रहने सम्भावना थप बलियो बन्नेछ।

विज्ञापन

नेपालले आफ्नो पहिलो खेलमा क्यानडालाई २४ रनले पराजित गरेको थियो। उक्त खेलमा नेपाली ब्याटर रोहित पौडेलले शतकीय इनिङ्स खेलेका थिए। रोहितको उत्कृष्ट प्रदर्शनसँगै नेपालले प्रतियोगितामा सुखद सुरुवात गरेको थियो।

यता, घरेलु टोली ओमान पनि जितको लय कायम राख्दै शीर्ष चारमा आफ्नो स्थान सुरक्षित बनाउने लक्ष्यमा छ। ओमानले पनि पहिलो खेलमा क्यानडालाई ४१ रनले हराएको थियो। त्यसैले आजको खेल दुवै टोलीका लागि अंकतालिकामा आफ्नो स्थिति सुधार गर्ने महत्त्वपूर्ण अवसर हुनेछ।

अंकतालिकामा यस्तो छ नेपालको अवस्था

लिग–२ को अंकतालिकामा ओमान २९ खेलबाट ३३ अंक जोड्दै चौथो स्थानमा छ। नेपाल भने ३३ खेलबाट २६ अंकका साथ छैटौँ स्थानमा रहेको छ।

क्यानडा ३४ खेलबाट २५ अंक जोड्दै सातौँ स्थानमा झरेको छ। यस्तो अवस्थामा ओमानविरुद्धको जितले नेपालको अंक सुधार गर्नुका साथै शीर्ष ६ मा रहने लक्ष्यलाई थप बल पुर्‍याउनेछ।

हेड टु हेड : ओमान अगाडि

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र ओमानबीच अहिलेसम्म ११ खेल भएका छन्। तीमध्ये नेपालले पाँच खेल जितेको छ भने ओमानले छ खेलमा सफलता हात पारेको छ।

आपसी प्रतिस्पर्धामा ओमानभन्दा एक जितले पछाडि रहेको नेपाल आजको खेल जित्दै आफ्नो जितको संख्या बराबरीमा पुर्‍याउने लक्ष्यमा हुनेछ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka