Premier Cables
Premier Steel

खेलकुद

स्कटल्याण्डविरुद्ध नेपालको उत्कृष्ट बलिङ, सन्दीपको विश्व कीर्तिमान

नोट: यो समाचार २ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, जेठ ०४, २०८३  | अपराह्न १२:२८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपाल राष्ट्रिय क्रिकेट टोली र स्कटल्याण्ड राष्ट्रिय क्रिकेट टोली बीच जारी खेलमा स्कटल्याण्डले नेपालसामु १९५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान मा टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्याण्ड ३९.१ ओभरमा १९४ रनमा समेटिएको हो।

बिज्ञापन

स्कटल्याण्डका लागि ब्रेन्डन म्याकमुलेनले सर्वाधिक ७७ रन बनाए भने माइकल लिस्कले अर्धशतकीय इनिङ खेले। जर्ज मुन्सीले २१ तथा मार्क वाटले २० रन जोडे। अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालका बलरहरूले उत्कृष्ट प्रदर्शन गरेका छन्। ललित राजवंशीले चार विकेट लिए भने सन्दीप लामिछाने ले तीन विकेट हात पारे। यस्तै, नन्दन यादव, दीपेन्द्र सिंह ऐरी र सोमपाल कामी ले एक–एक विकेट लिए।

यसै खेलमा सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट पूरा गर्ने विश्व कीर्तिमान समेत बनाएका छन्। उनले ७३ खेलमै १५० विकेट पूरा गर्दै अष्ट्रेलियाका मिचेल स्टार्क को कीर्तिमान तोडे। स्टार्कले ७७ खेलमा १५० विकेट पूरा गरेका थिए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa