Premier Cables

कोशी प्रदेश

झापामा करेन्ट लाग्दा जंगली हात्ती मर्यो

नोट: यो समाचार १ महिना अघिको हो

Calendar मंगलबार, जेठ २०, २०८२  | बिहान ९:५१ बजे

बिर्तामोड । झापाको कमल गाउँपालिका–३, रतुवामाई जंगलमा विद्युत् प्रवाह चुहावट (करेन्ट) हुँदा जंगली हात्तीको मृत्यु भएको छ ।

डिभिजन वन कार्यालयका वन अधिकृत जीवन पाठकका अनुसार, गए राति (जेठ १९) हात्तीले विद्युत् पोलमा धक्का दिएको थियो ।

बिज्ञापन

त्यसक्रममा पोलमा जोडिएको विद्युत् तार खस्दा हात्तीको मृत्यु भएको हो ।

उनले करेन्टबाट हात्तीको सुँड र एउटा दाँत जलेको अवस्थामा भेटिएको जानकारी दिए । डिभिजन वन कार्यालयबाट घटनास्थलमा प्राविधिक टोली खटिएको वन अधिकृत पाठकले बताए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
Eastern College
aarya
Vianet
DPS
Web Surfer
ACS
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka