Premier Cables

राष्ट्रिय

जुफाल विमानस्थलमा सीता एयरको चक्का खुस्कियो, १३ यात्रु सकुशल

Hamro Biratnagar News Channel Calendar बिहिबार, असोज ०८, २०८३  | बिहान ९:५५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

डोल्पा । डोल्पाको जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममा सीता एयरको जहाजको पछाडितर्फको दायाँ पांग्रा खुस्किएको छ।

नेपालगञ्जबाट १३ जना यात्रु लिएर जुफाल पुगेको जहाज आज बिहान ८:२५ बजे अवतरण गर्ने क्रममा पांग्रा खुस्किएर बाहिर निस्किएको जिल्ला प्रहरी कार्यालय डोल्पाका डीएसपी अनिल राज गिरीले जानकारी दिए।

विज्ञापन

जहाजमा ७ जना विदेशी र ६ जना नेपाली गरी १३ जना यात्रु सवार थिए। यात्रुमध्ये ११ जना पुरुष र २ जना महिला रहेको प्रहरीले जनाएको छ। घटनामा सबै यात्रु सकुशल रहेको डीएसपी गिरीले बताए।

डोल्पाकी प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार जहाजमा सामान्य प्राविधिक समस्या देखिएको हो। घटना भएपछि जहाज धावनमार्गमै रोकिएको छ।

जहाजको प्राविधिक टोलीले अहिले त्यसको जाँच गरिरहेको जनाइएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka