Premier Cables

राजनीति

सुनवर्षी कांग्रेस नगर सभापतिमा महताफ आलम सर्वसम्मत

Hamro Biratnagar News Channel Calendar बुधबार, असोज ०७, २०८३  | अपराह्न १२:३३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

मोरङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मोरङको सुनवर्षी नगर समितिको नेतृत्व सर्वसम्मत चयन गर्ने सहमति जुटेको छ।

नेपाली कांग्रेसले सार्वजनिक गरेको कार्यतालिकाअनुसार असोज ७ गते नगर अधिवेशन गर्ने तय भए पनि सुनवर्षी नगरपालिकामा एक दिनअघि नै नेतृत्वका विषयमा सहमति जुटेको हो।

विज्ञापन

मोरङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत पर्ने सुनवर्षी नगरपालिकामा मो. महताफ आलमलाई नगर सभापति बनाउने सर्वसम्मत सहमति भएको कांग्रेस स्रोतले जनाएको छ।

स्रोतका अनुसार मंगलबार साँझ नगर नेतृत्वका विषयमा भएको छलफलपछि आलमलाई सभापतिको जिम्मेवारी दिने सहमति भएको हो।

सहमति जुटेसँगै बुधबार निर्धारित नगर अधिवेशनका क्रममा मनोनयनलगायत आवश्यक निर्वाचन प्रक्रिया पूरा गरी आलमलाई नगर सभापतिको जिम्मेवारी दिने तयारी गरिएको स्रोतको भनाइ छ।

नगर नेतृत्व सर्वसम्मत चयन गर्ने सहमतिपछि सुनवर्षीमा कांग्रेसको नगर अधिवेशन औपचारिक प्रक्रिया पूरा गर्ने चरणमा पुगेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka