Premier Cables

राजनीति

पाँचथरका सबै वडामा कांग्रेसको नेतृत्व सर्वसम्मत चयन

Hamro Biratnagar News Channel Calendar बुधबार, असोज ०७, २०८३  | बिहान ९:३८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

पाँचथर । नेपाली कांग्रेसले पाँचथरका ६० वटै वडामा सर्वसम्मत रूपमा नेतृत्व चयन गरेको छ। जिल्लामा एक नगरपालिका र सात गाउँपालिका गरी आठ स्थानीय तह रहेका छन्।

मुख्य निर्वाचन अधिकृत उत्तम पौडेलका अनुसार ४१ वडामा शनिबार र बाँकी १९ वडामा आइतबार अधिवेशन सम्पन्न भएको हो। उनका अनुसार सबै वडाको अधिवेशन निर्विवाद रूपमा सम्पन्न भएको छ।

विज्ञापन

जिल्ला सभापति रुपनारायण जवेगूले सबै वडामा सर्वसम्मत रूपमा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन गरिएको जानकारी दिए। उनका अनुसार धेरै आकांक्षी भएका वडामा समेत व्यापक छलफल गरेर सहमतिमै नेतृत्व चयन गरिएको हो।

प्रत्येक वडामा एक सभापति, दुई उपसभापति, एक सचिव, एक सहसचिव र एक कोषाध्यक्षसहितको पदाधिकारी तथा सदस्य चयन गरिएको छ।

निर्वाचन अधिकृतहरूका अनुसार क्षेत्रीय प्रतिनिधि भने क्रियाशील सदस्यताको आधारमा चयन गरिएको हो। सभापति जवेगूका अनुसार कांग्रेसको १५औँ महाधिवेशनका लागि पाँचथरका दुई निर्वाचन क्षेत्रबाट एक हजार दुई सयभन्दा बढी क्षेत्रीय प्रतिनिधि चयन भएका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka