Premier Cables

अन्तराष्ट्रिय

अमेरिका-इरान र रुस-युक्रेन द्वन्द्वको असर : विश्वभर जहाज इन्धन अभाव

सिंगापुरमा मूल्य ७६ प्रतिशत बढ्यो

Hamro Biratnagar News Channel Calendar मंगलबार, भाद्र २३, २०८३  | बिहान १०:२५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । मध्यपूर्वमा बढ्दो अमेरिका, इजरायल र इरानबीचको तनाव तथा युरोपमा जारी रुस–युक्रेन युद्धको प्रत्यक्ष असर विश्वव्यापी ऊर्जा आपूर्तिमा पर्न थालेको छ। अन्तर्राष्ट्रिय जलमार्गमा उत्पन्न अस्थिरतासँगै पानीजहाज र विद्युत् गृहमा प्रयोग हुने इन्धनको आपूर्ति प्रभावित हुँदा विश्व बजारमा ‘हेभी फ्युएल आयल’ र ‘भेरी लो सल्फर फ्युएल आयल’को अभाव बढेको छ।

अलजजिराका अनुसार पछिल्लो समय यी दुवै प्रकारका इन्धनको आपूर्ति उल्लेख्य रूपमा घटेको छ। आपूर्ति घट्दै गएपछि प्रमुख बंकरिङ केन्द्रहरूमा यसको मूल्यसमेत तीव्र रूपमा बढेको छ।

विज्ञापन

इन्धनको अभाव हुनुमा विभिन्न कारण जिम्मेवार देखिएका छन्। पछिल्लो समय रिफाइनरीहरूले कम नाफा हुने हेभी फ्युएल आयलको तुलनामा डिजेल, पेट्रोल र हवाई इन्धन उत्पादनलाई प्राथमिकता दिन थालेका छन्। नाइजेरियाको डाङ्गोटेलगायत ठूला रिफाइनरीहरूले पनि हेभी फ्युएल आयललाई थप प्रशोधन गरी बढी नाफा हुने परिष्कृत इन्धन उत्पादनमा जोड दिएका छन्।

त्यसैगरी, मध्यपूर्वका महत्वपूर्ण जलमार्गमा बढेको सुरक्षा जोखिमले समेत आपूर्ति शृंखलामा गम्भीर असर पारेको छ। होर्मुज र बाब अल–मन्देब जलमार्गमा हुथी विद्रोही तथा इरानसँग जोडिएका आक्रमणका घटनाका कारण मध्यपूर्वबाट हुने फ्युएल आयल निर्यातमा ठूलो गिरावट आएको बताइएको छ।

मार्चदेखि अगस्टसम्मको अवधिमा मध्यपूर्वबाट हुने फ्युएल आयल निर्यात ४५ प्रतिशतले घटेर दैनिक ४ लाख ४७ हजार ब्यारेलमा सीमित भएको जनाइएको छ।

यता, रुसमा रहेका रिफाइनरीहरू पनि युक्रेनी ड्रोन आक्रमणको चपेटामा परेका छन्। रिफाइनरीहरूमा भएको क्षतिका कारण रुसको फ्युएल आयल निर्यातसमेत घटेको छ। अगस्टमा रुसी फ्युएल आयल निर्यात दैनिक ५ लाख ९१ हजार ब्यारेलमा झरेको बताइएको छ, जुन ऐतिहासिक न्यून स्तर हो।

ऊर्जा विश्लेषण संस्था ‘इनर्जी एस्पेक्ट्स’ले सन् २०२६ को तेस्रो त्रैमासिकसम्म विश्वव्यापी फ्युएल आयलको अभाव दैनिक २ लाख १८ हजार ब्यारेलसम्म पुग्न सक्ने प्रक्षेपण गरेको छ।

आपूर्ति घटेसँगै यसको प्रभाव अन्तर्राष्ट्रिय बजार मूल्यमा देखिएको छ। विश्वकै प्रमुख बंकरिङ केन्द्रका रूपमा रहेको सिंगापुरमा भेरी लो सल्फर फ्युएल आयलको मूल्य युद्ध सुरु भएयता ७६ प्रतिशतसम्म बढेको छ।

हाल सिंगापुर बजारमा उक्त इन्धनको मूल्य प्रतिब्यारेल करिब १३० अमेरिकी डलर पुगेको बताइएको छ। आपूर्ति संकट अझ गहिरिँदै गएमा पानीजहाज सञ्चालनको लागत बढ्नुका साथै अन्तर्राष्ट्रिय ढुवानी र विद्युत् उत्पादनको लागतमा समेत थप दबाब पर्न सक्ने विश्लेषण गरिएको छ।

मध्यपूर्व र युरोपका दुई प्रमुख द्वन्द्वका कारण विश्वव्यापी ऊर्जा आपूर्ति शृंखला एकैपटक प्रभावित भइरहेकाले आगामी दिनमा इन्धनको मूल्य र उपलब्धतामा थप अस्थिरता आउन सक्ने जोखिम बढेको छ।

*** समाप्त ***
Bagmati
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka