Premier Cables
Premier Steel

विराटनगर

मोरङका सडकमा मकै आतंक !

नोट: यो समाचार ३ महिना अघिको हो

सन्ताेष कुमार बाँस्ताेला Calendar आइतबार, जेठ १८, २०८२  | अपराह्न ३:२६ बजे

रंगेली । तराई क्षेत्रका किसानहरूले मकै खेतीमा लगानी गर्न थालेपछि उत्पादन बढेको छ । मोरङ जिल्लाको दक्षिणी क्षेत्र अहिले पहेँलो मकैले भरिएका छन् । मनसुन सुरु हुने समयसँगै मकै उठाउने सिजन भएकोले किसानहरूले मकैलाई सुकाउन सार्वजनिक सडक प्रयोग गरिरहेका छन्। तर यो प्रवृत्तिले सडक दुर्घटनाको दर बढाइदिएको छ।

मोरङ जिल्लाका जहदा, धनपालथान, रंगेली, सुनवर्षी, रतुवामाईलगायतका पालिकाहरूमा अहिले सडक मकै सुकाउने बिस्कुन बनेका छन्। यसले सवारी साधनको आवागमनमा बाधा पुर्याउनुका साथै जनधनको जोखिम बढाएको छ। केही साताअघि मात्र मकै सुकाइएको सडकमा बालकको ज्यान गएको दुःखद घटना घटेको थियो ।

बिज्ञापन

सडकमा सुकाइएको मकैका दानाले दुई पाङ्ग्रे सवारी चिप्लिने, अनियन्त्रित भएर दुर्घटनामा पर्ने घटना दैनिकजसो भइरहेका छन्। चार पाङ्ग्रे सवारी साधनसमेत मकैका दानामा चिप्लिएर दुर्घटनामा पर्ने घटना बाहिर आएका छन्। स्थानीय सुनवर्षी र रंगेली क्षेत्रबाट यस्ता घटनाहरू प्रायः सुनिने गरेका छन्।

सार्वजनिक सडकको प्रयोग आवागमनका लागि हो, तर किसानहरूले मकै सुकाउन सडकको ठूला भाग ओगट्दा दुर्घटनाको जोखिम झन् बढेको छ। सम्बन्धित स्थानीय निकायले किसानहरूको मागलाई मध्यनजर गर्दै सडकमा मकै सुकाउन अनुमति दिएको देखिन्छ। तर, यसले सर्वसाधारणलाई थप जोखिममा पारेको छ ।

रंगेली–८ का रुपेश मण्डलका अनुसार, सामान्यतया १५ मिनेटमा पार हुने सडकलाई अहिले ४० मिनेट लाग्ने गरेको छ। उनले भने, “कतै मकै छुनुपर्ला कि भनेर ध्यान दिँदै कुदाउनु पर्छ। अर्को सवारी आयो भने झन् खतरा हुन्छ।”

पिच सडक सुकाउनका लागि सहज भए पनि आवागमनका लागि मात्र प्रयोग गर्नुपर्छ। तर, स्थानीय प्रशासनले किसानको विरोधका डरले यो समस्यालाई अनदेखा गरिरहेको छ। नगरपालिका तथा अन्य सम्बन्धित निकायले मकै सुकाउने वैकल्पिक स्थानको व्यवस्था नगर्दा सडक दुर्घटनाको जोखिम अझै बढ्ने देखिन्छ। पालिका हरु किसानलाई सडकमा मकै सुकाउन नदिदा रिसाउने र पछि भोट बिग्रने डरले देखेर पनि अनदेख गरेको पाइन्छ ।

मकैको कारण एकजनाको मृत्यु र दर्जनौं दुर्घटना भइसकेका छन्। यसको दोष मकैलाई दिनु उपयुक्त होइन, तर यस समस्याको समाधानमा सम्बन्धित निकायको उदासीनता प्रमुख हो। किसानलाई मकै सुकाउन वैकल्पिक स्थान उपलब्ध गराउँदै, सार्वजनिक सडकको सुरक्षित प्रयोग सुनिश्चित गर्न तत्काल कदम चाल्न आवश्यक छ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka