Premier Cables
Premier Steel

मौसम राष्ट्रिय

भोटेकोशी बाढीमा मृत्यु भएकाको शव पहिचान तथा परीक्षण सुरु

Hamro Biratnagar News Channel Calendar शुक्रबार, भाद्र १२, २०८३  | अपराह्न ३:१७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

गण्डकी | भोटेकोशी नदीमा आएको बाढीमा मृत्यु भएकाहरूको शव पहिचान तथा परीक्षणको काम पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुरु भएको छ ।

नवलपुर, गोरखा, धादिङ र तनहुँमा भेटिएका ९३ शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । त्यस्तै, नौ वटा शव मणिपाल शिक्षण अस्पतालमा राखिएका छन् ।

बिज्ञापन

शव पहिचानका लागि आफन्तलाई अस्पतालमा राखिएको स्क्रिनमार्फत तस्बिर हेर्ने व्यवस्था मिलाइएको छ । बाढीमा बेपत्ता भएका आफन्तको खोजीमा रहेका परिवारका सदस्य अस्पताल पुगेर शव पहिचान गर्ने प्रयास गरिरहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक नवीन कार्कीका अनुसार पहिचान भएका शवको परीक्षण गरी कानुनी प्रक्रिया पूरा गरेर आफन्तलाई बुझाइनेछ । पहिचान हुन नसकेका शवको डीएनए परीक्षणका लागि नमुना काठमाडौँ पठाइने उहाँले बताउनुभयो ।

“शवको तस्बिर आफन्तलाई हेर्ने व्यवस्था मिलाएका छौँ । आफन्तले पहिचान गरेपछि कानुनी प्रक्रिया पूरा गरेर शव बुझाउँछौँ,” प्रहरी उपरीक्षक कार्कीले भन्नुभयो, “शव हिलाम्मे भएकाले सफा गरेर मात्र परीक्षण गर्नुपर्ने अवस्था छ ।”

पहिचान हुन नसकेका शवलाई बेवारिसे शव व्यवस्थापनसम्बन्धी निर्देशिकाअनुसार व्यवस्थापन गरिने प्रहरीले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले शव व्यवस्थापनका लागि पोखराका अन्य अस्पतालसँग पनि समन्वय भइरहेको बताउनुभयो । उहाँका अनुसार धेरै शव भएकाले सबैको पहिचान गरी आफन्तलाई बुझाउन केही दिन लाग्न सक्छ ।

त्रिशूली र नारायणी नदी किनारमा भेटिएका शवलाई सम्बन्धित जिल्लामा राख्न र परीक्षण गर्न ठाउँको अभाव भएपछि पोखरा ल्याइएको हो ।

प्रजिअ गुरुङका अनुसार नवलपुरबाट ४१, धादिङबाट २७, तनहुँबाट १४ र गोरखाबाट ११ शव पहिचान तथा परीक्षणका लागि पोखरा ल्याइएको हो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

बाढी–पहिरो प्रभावितका लागि ३६ घण्टामै १ अर्ब ९१ करोडभन्दा बढी सहयोग

Clock Iconशुक्रबार, भाद्र १२, २०८३

बाढी–पहिरो प्रभावितका लागि एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा १ करोड सहयोग

Clock Iconशुक्रबार, भाद्र १२, २०८३

रसुवा बाढीपीडितका लागि शारदा र जाजु ग्रुपले ६० लाख बराबरको राहत

Clock Iconबिहिबार, भाद्र ११, २०८३

लेन्दे खोलाको बाढीले रसुवा नाकामा ठूलो क्षति, दुईवटा बजार तहसनहस

Clock Iconबुधबार, भाद्र १०, २०८३

भारतीय क्लेयरिङ एजेन्टको आन्दोलन फिर्ता: ५०० भन्दा बढी मालवाहक लरी नेपाल भित्रिने

Clock Iconमंगलबार, भाद्र ०९, २०८३

पांच सयभन्दा बढी मालबाहक ट्रक र कन्टेनर सीमापारिमै रोकिए, भन्सार जाँचपास पूर्ण अवरुद्ध

Clock Iconमंगलबार, भाद्र ०९, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka