Premier Cables

स्वास्थ्य

बाढी प्रभावित रसुवामा निःशुल्क स्वास्थ्य तथा दन्त शिविर

Hamro Biratnagar News Channel Calendar सोमबार, असोज १९, २०८३  | साँझ ४:२१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

रसुवा | भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवाका नागरिकलाई लक्षित गरी जिल्लाका विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य तथा दन्त शिविर सञ्चालन भइरहेको छ।

रसुवा कम्युनिटी डेभलपमेन्ट र सिटोप अष्ट्रेलियाको आयोजनामा तथा उत्तरगया गाउँपालिकाको समन्वयमा बेत्रावती, लहरेपौवा, कालिकास्थान र धुञ्चेमा शिविर सञ्चालन गरिएको हो।

विज्ञापन

बाढी तथा अन्य विपद्बाट प्रभावित नागरिकसहित स्थानीय समुदायलाई सहज रूपमा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको रसुवा कम्युनिटी डेभलपमेन्टका अध्यक्ष बलराम न्यौपानेले बताए।

बेत्रावतीबाट सुरु भएको शिविर असोज १७ र १८ गते लहरेपौवामा सञ्चालन भएको थियो। असोज १९ र २० गते कालिकास्थान तथा २१ र २२ गते धुञ्चेमा शिविर सञ्चालन हुने अध्यक्ष न्यौपानेले बताए।

शिविरमा स्वास्थ्यकर्मी तथा चिकित्सकले सामान्य स्वास्थ्य परीक्षण, स्वास्थ्यसम्बन्धी परामर्श, मुख तथा दाँतको परीक्षण, दाँत भर्ने र निकाल्नेलगायत सेवा दिइरहेका छन्। बिरामीलाई आवश्यक औषधिसमेत निःशुल्क वितरण गरिएको छ।

शिविरमा बाढीपहिरोबाट प्रभावित नागरिक, नियमित औषधि सेवन गर्नुपर्ने दीर्घरोगी तथा अन्य स्वास्थ्य समस्या भएका बिरामीलाई प्राथमिकता दिइएको आयोजकले जनाएको छ।

नागरिक समाज रसुवाका अध्यक्ष बाबुलाल तामाङले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएपछि बाढी प्रभावित स्थानीय नागरिकलाई स्वास्थ्य सेवा लिन सहज भएको बताए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka