Premier Cables

समाचार

पाँचखालका स्वास्थ्य स्वयंसेविकाले तीजको खर्च बाढीपीडितका लागि दिए

Hamro Biratnagar News Channel Calendar आइतबार, भाद्र २८, २०८३  | साँझ ५:५५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिकाका सामुदायिक स्वास्थ्य स्वयंसेविकाले तीजमा दर खाने कार्यक्रमका लागि छुट्याइएको रकम बाढीपीडितको सहयोगमा प्रदान गरेका छन्।

पाँचखाल नगरपालिका–३, ४, ५ र ६ का महिला स्वास्थ्य स्वयंसेविकाले यही भदौ १० गते रु १५ हजार ५४५ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन्। उक्त रकम रसुवाको भोटेकोशी बाढीबाट प्रभावितका लागि सहयोगस्वरूप प्रदान गरिएको समूहकी सदस्य सरस्वती भेटवालले बताउनुभयो।

विज्ञापन

महिला स्वास्थ्य स्वयंसेविकाको ‘दिदीबैनी समूह’ले आयोजना गर्ने दर खाने कार्यक्रमको खर्च कटाएर बाढीपीडितलाई राहत पुर्‍याउने उद्देश्यले रकम कोषमा जम्मा गरिएको हो।

यसैगरी, नमोबुद्ध नगरपालिकाका महिलाले यस वर्ष तीज विशेष कार्यक्रम नगरी बाढीपीडितका लागि रु ९१ हजार ३४५ सहयोग गरेका छन्। गत साता नगर महिला, बालबालिका तथा समाजकल्याण उपशाखाको नेतृत्वमा उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो।

नगर महिला सञ्जालले तीज कार्यक्रमको खर्च कटाएर बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग गर्ने निर्णय गरेपछि रकम कोषमा जम्मा गरिएको जनाइएको छ।

यसैबीच, भोटेकोशी बाढीमा विभिन्न काम तथा भ्रमणका सिलसिलामा रहेका काभ्रेपलाञ्चोकका ३७ नागरिक अझै सम्पर्कविहीन रहेको जिल्ला प्रशासन कार्यालय धुलिखेलले जनाएको छ। कार्यालयका अनुसार जिल्लाबाट सम्पर्कविहीन भएका ४७ जनामध्ये आठ जना परिवारको सम्पर्कमा आएका छन् भने दुई जनाको शव फेला परेको छ।

भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति भएको थियो। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीमा हालसम्म एक हजार ३८५ जनाको शव फेला परेको, पाँच हजार १३० जना बेपत्ता भएको, १३ हजार ६७६ जनाको उद्धार गरिएको र सात हजार ६५५ जना घाइते भएका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka