Premier Cables
Premier Steel

मौसम

कोशी प्रदेशका केही भागमा वर्षाको सम्भावना

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, भाद्र ०८, २०८३  | बिहान ९:३२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रही बागमती, गण्डकी र प्रदेशका केही र कोशी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थान तथा मधेस प्रदेशका एक / दुई स्थानमा हल्कादेखि मध्यमम्मको वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बदली रहने छ भने हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । पहाडी भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने विभागद्वारा मौसम बुलेटिनमा उल्लेख छ ।

विज्ञापन

मौसम बुलेटिनका अनुसार बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा तथा मधेस प्रदेशलगायत कोशी प्रदेशका तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

यसैगरी, आज राति देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन /चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका केही स्थानमा, मधेस प्रदेश तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । वर्षाका कारण ती क्षेत्रमा दैनिक जनजीवनका साथै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले महाशाखाका सूचनामा अद्यावधिक रहन सम्बद्ध सबैलाई अनुरोध गरिएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

कोशीको आर्थिक रूपान्तरणका लागि निजी क्षेत्रसँग सहकार्य गर्नुपर्नेमा जोड, विराटनगरका उद्योगीले सुनाए समस्या

Clock Iconआइतबार, मंसिर १३, २०८३

कोशीमा निजी क्षेत्रसँग आर्थिक संवाद गर्न रास्वपा महामन्त्रीसहितका नेता विराटनगरमा

Clock Iconआइतबार, मंसिर १३, २०८३

अयोध्या-जनकपुर रेलसेवाले पर्यटनको नयाँ ढोका खोल्यो, पर्यटक टिकाइराख्नु मुख्य चुनौती

Clock Iconआइतबार, मंसिर १३, २०८३

फरक स्वाद, फरक उर्जा : पाँच नयाँ फ्लेभर सहित एक्स्ट्रिम बजारमा

Clock Iconबिहिबार, मंसिर १०, २०८३

बालेन सरकारको नयाँ कदम: कर प्रणाली सुधार्न ६३ ऐन संशोधन, करदातालाई राहतदेखि लगानीकर्तालाई सुविधा

Clock Iconबिहिबार, मंसिर १०, २०८३

विदेशी लगानी भित्र्याउने तयारीमा विराटनगर जुट मिल्स, ३५ वर्ष सञ्चालनको जिम्मा दिन प्रस्ताव आह्वान

Clock Iconबुधबार, मंसिर ०९, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka