Premier Cables
Premier Steel

राजनीति

मेयर चिरिबाबु महर्जन र सांसद आशिका तामाङबिच भनाभन, तामाङले झोक्किँदै छाडिन् बैठक

Hamro Biratnagar News Channel Calendar शुक्रबार, भाद्र ०५, २०८३  | साँझ ५:०४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापनसम्बन्धी आयोजना गरिएको एक छलफल कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख (मेयर) चिरिबाबु महर्जन र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि नेतृ आशिका तामाङबिच भनाभन भएको छ। विवाद चर्किएपछि नेतृ तामाङ आक्रोशित हुँदै बैठकबाट बाहिरिएकी छन्।

बञ्चरेडाँडामा फोहोर व्यवस्थापनका क्रममा देखिएका समस्या, स्थानीयवासीका गुनासा तथा दीर्घकालीन समाधानका उपायबारे छलफल गर्न कार्यक्रम आयोजना गरिएको थियो।

बिज्ञापन

बैठकमा मेयर महर्जनले महानगरपालिकाले आफ्नो तर्फबाट निरन्तर काम गरिरहेको भए पनि अनावश्यक मुद्दा लगाउने र दबाब दिने काम भएको भन्दै विषयको गम्भीरता बुझेर मात्रै धारणा बनाउन आग्रह गरेका थिए।

मेयरको भनाइप्रति आपत्ति जनाउँदै नेतृ तामाङले कडा शब्दमा प्रतिवाद गरेपछि दुई पक्षबिच केही बेर चर्काचर्की भएको थियो। माहोल शान्त पार्ने प्रयास गरिए पनि स्थिति सामान्य हुन नसकेपछि तामाङ टेबल ठोक्दै असन्तुष्टि जनाएर बैठक कक्षबाट बाहिरिएकी हुन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

गाँजाको व्यावसायिक उत्पादन र औषधिजन्य प्रयोगका लागि कानुनी व्यवस्था गर्न सरकार सकारात्मक

Clock Iconशुक्रबार, भाद्र ०५, २०८३

काँकडभिट्टा नाकाबाट एक वर्षमा रु ९ करोड ८४ लाखको सागसब्जी निर्यात

Clock Iconशुक्रबार, भाद्र ०५, २०८३

आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक

Clock Iconशुक्रबार, भाद्र ०५, २०८३

ग्यास सिलिन्डरमा ट्रयाकिङ प्रणाली लागू गर्न संसदीय समितिको निर्देशन

Clock Iconबिहिबार, भाद्र ०४, २०८३

आयल निगमको तथ्याङ्का: ५ महिना यताकै सबैभन्दा बढी ४० लाख सिलिन्डर ग्यास आयात

Clock Iconबुधबार, भाद्र ०३, २०८३

पूर्वाञ्चल आयल सप्लायर्समा उपभोक्ता ठगीको खबरपछि विराटनगरका पेट्रोल पम्पहरुमा अनुगमन

Clock Iconबुधबार, भाद्र ०३, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka