Premier Cables
Premier Steel

राजनीति

रास्वपा बागमती प्रदेश अधिवेशन: ४०० प्रतिनिधिविरुद्ध उजुरी परेपछि निर्वाचन स्थगित

Hamro Biratnagar News Channel Calendar बुधबार, जेठ २७, २०८३  | अपराह्न १२:५६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश अधिवेशनमा सहभागी प्रतिनिधिहरूमध्ये ४०० जना विरुद्ध उजुरी परेपछि निर्वाचन प्रक्रिया अनिश्चितकालका लागि रोकिएको छ।

मङ्गलवारदेखि सुरु भएको बागमती प्रदेशको पहिलो अधिवेशनमा पार्टी समायोजनका क्रममा भित्रिएका सदस्यहरूबाट छानिएका प्रतिनिधिहरू विरुद्ध उजुरी परेपछि विवाद उत्पन्न भएको हो। उक्त विवाद समाधान गर्न र मतपत्रमा देखिएको प्राविधिक त्रुटि सच्याउनका लागि निर्वाचन समितिले मतदान प्रक्रिया स्थगित गरेको जानकारी दिएको छ।

बिज्ञापन

पूर्वकार्यतालिका अनुसार बुधबार बिहान ८ बजेदेखि नै मतदान सुरु हुनुपर्ने थियो। तर, लामो समयसम्म पनि मतदान प्रक्रिया सुरु हुन नसकेपछि र निर्वाचन स्थगित भएको सूचना आएपछि अधिवेशनका लागि आएका प्रतिनिधिहरू घर फर्कन थालेका छन्।

निर्वाचन समितिका अनुसार यस अधिवेशनका लागि देशभरबाट १३ सयभन्दा बढी प्रतिनिधिहरू छनोट भएका थिए। समितिले प्राविधिक तथा व्यवस्थापकीय कार्यहरू सम्पन्न गरेपछि मतदानको नयाँ मिति र समय २४ घण्टा अगावै सूचना दिएर जानकारी गराइने जनाएको छ।

बागमती प्रदेशको नेतृत्व (सभापति) का लागि चार जना आकांक्षीहरूले उम्मेदवारी दर्ता गराएका छन्। चुनावी मैदानमा अच्युत्तम लामिछाने, उत्सव अर्याल, कृष्णमान श्रेष्ठ र हरिबहादुर क्षेत्री रहेका छन्। रास्वपाको विधान अनुसार बागमती प्रदेश कार्यसमिति ६५ सदस्यीय हुने व्यवस्था छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka