Premier Cables
Premier Steel

अपराध

गरिमा चौधरी हत्याकाण्ड: न्यायको माग गर्दै काठमाडौंमा प्रदर्शन, वीरगञ्ज-पथलैया सडक ठप्प

Hamro Biratnagar News Channel Calendar शुक्रबार, भाद्र ०५, २०८३  | बिहान ११:३१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनालाई लिएर राजधानी काठमाडौंमा विरोध प्रदर्शन भएको छ। अधिकारकर्मी तथा पीडितका आफन्तहरूले बिहीबार काठमाडौंमा भेला भई ‘गरिमालाई न्याय दे’ अंकित प्लेकार्डसहित विरोध जनाएका हुन्।

यता, पीडित परिवार र स्थानीयबासीले बारामा पनि प्रदर्शनलाई निरन्तरता दिएका छन्। मृतक बालिकाका आमा-बुवासहित आफन्तहरू सडकमै धर्नामा बसेपछि वीरगञ्ज–पथलैया सडकखण्ड लगातार तेस्रो दिन पनि पूर्ण रूपमा ठप्प बनेको छ।

बिज्ञापन

बिहीबार राति स्थानीय प्रशासन र केही स्थानीय व्यक्तिहरूबीच सहमति भएको भनिए पनि मृतकका परिवारले त्यसलाई अस्वीकार गरेका छन्। आफ्नो अनुमति र उपस्थिति बिना गरिएको सहमति मान्य नहुने घोषणा उनीहरूले गरेका हुन्।

बालिकाका पिता मनोज चौधरीले गृहमन्त्री सुधन गुरुङ र कानुनमन्त्री सोबिता गौतम स्वयं घट्नास्थल पुगेर कडा कानुन संशोधनको प्रतिबद्धता जनाउनुपर्ने अडान राखेका छन्। माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी पीडित पक्षले दिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka