Premier Cables
Premier Steel

राजनीति

रास्वपाले विधान संशोधनका लागि गठन गर्‍यो १५ सदस्यीय कार्यदल

Hamro Biratnagar News Channel Calendar बिहिबार, भाद्र ०४, २०८३  | अपराह्न १२:४१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधनका लागि मुख्य सचेतक कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा १५ सदस्यीय कार्यदल गठन गरिएको छ।

कार्यदलमा प्रकाशचन्द्र परियार, क्रान्तिशिखा धिताल, गणेश कार्की, सुलभ खरेल, गजला समिम मिकरानी, मोहनलाल आचार्य, कामिनी चौधरी, पुकार बम, राम लामा, टीका सङ्ग्रौला, शिवजी यादव, पुष्पा चौधरी र समिना मियाँ सदस्य रहनुभएको छ।

बिज्ञापन

कार्यदलको पहिलो बैठक आज दिउँसो २ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्ने भएको छ।

रास्वपा संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले कार्यदलको पहिलो बैठक बस्न लागेको जानकारी राष्ट्रिय समाचार समिति (रासस)लाई दिनुभएको हो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka