Premier Cables
Premier Steel

राजनीति

नागरिकका गुनासा सुन्न रास्वपाले ल्याउँदैछ ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम

Hamro Biratnagar News Channel Calendar आइतबार, साउन ३१, २०८३  | साँझ ४:५८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ | सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने भएको छ। नागरिकसँग प्रत्यक्ष संवाद बढाउँदै जनउत्तरदायी, पारदर्शी र परिणाममुखी राजनीतिक संस्कारको विकास गर्ने उद्देश्यले पार्टीले उक्त कार्यक्रम अघि बढाउन लागेको हो।

कार्यक्रमअन्तर्गत रास्वपाका मन्त्रीहरू महिनामा कम्तीमा एकपटक केन्द्रीय पार्टी कार्यालयमा अनिवार्य रूपमा उपस्थित भई नागरिक तथा पार्टीका नेता–कार्यकर्तासँग प्रत्यक्ष संवाद गर्नुपर्ने व्यवस्था गरिएको छ।

बिज्ञापन

रास्वपाका संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारका अनुसार कार्यक्रमले आमनागरिकका आवाजलाई राज्यको नीति निर्माण र कार्यान्वयनको तहसम्म पुर्‍याउने पुलको काम गर्नेछ। कार्यक्रमको पहिलो चरणमा एक घण्टाको समय सर्वसाधारणका लागि खुला गरिनेछ। सो अवधिमा उपस्थित मन्त्रीले नागरिकका गुनासा, समस्या, अपेक्षा तथा सुझाव प्रत्यक्ष रूपमा सुन्नुहुनेछ।

त्यसपछि दोस्रो चरणमा मन्त्री, पार्टीका केन्द्रीय समिति सदस्य तथा प्रतिनिधिसभा सदस्यहरूबीच संयुक्त बैठक हुनेछ। बैठकमा नागरिकबाट प्राप्त सुझावका साथै देशका समसामयिक, बहुआयामिक र नीतिगत विषयमा छलफल गरिनेछ।

नागरिक, सरकार, व्यवस्थापिका र पार्टी संगठनबीचको समन्वयलाई प्रभावकारी बनाउँदै नागरिकका मुद्दा सम्बोधन गर्न साझा रणनीति तय गरिने सचेतक परियारले बताउनुभयो।

रास्वपाले मन्त्रीहरूलाई आमनागरिकप्रति प्रत्यक्ष जवाफदेही बनाउने, नागरिकका वास्तविक समस्या पहिचान गरी राष्ट्रिय नीति तथा कानुन निर्माणमा पार्टीको धारणा तय गर्ने तथा नागरिक, संगठन, संसदीय दल र सरकारबीच सूचना र कार्ययोजनाको प्रभावकारी आदानप्रदान गर्ने लक्ष्य राखेको जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa