Premier Cables

राजनीति

पूर्व डीएसपी पोदार राष्ट्रिय स्वतन्त्र पार्टीमा स्वागत

Hamro Biratnagar News Channel Calendar बुधबार, असोज ०७, २०८३  | अपराह्न १:४० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर | नेपाल प्रहरीका पूर्व प्रहरी नायब उपरीक्षक (डीएसपी) राकेश कुमार पोदार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आबद्ध भएका छन्।

विराटनगर महानगरपालिका–१३ निवासी पोदारलाई रास्वपाका पुर्व केन्दिय बिभाग सदस्य तथा युवा नेता वीरेन्द्रकुमार शाह मोरङ क्षेत्र नं. ५ का सभापति गणेश राय, नेता राजेन्द्र मण्डललगायतको उपस्थितिमा पार्टीमा स्वागत गरिएको हो।

विज्ञापन

रास्वपा पूर्व केन्द्रीय विभाग सदस्य तथा युवा नेता वीरेन्द्रकुमार शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत पोदारलाई पार्टीमा स्वागत गरिएको जानकारी दिएका छन्। शाहका अनुसार पोदारले निर्वाचनको समयदेखि नै रास्वपाप्रति सहयोग, सद्भाव र साथ दिँदै आएका थिए। उनले निर्वाचनकै समयमा पार्टीको सदस्यता लिएर पार्टीका गतिविधिमा सहयोग गर्दै आएको शाहले उल्लेख गरेका छन्।

पोदारको प्रहरी सेवाबाट प्राप्त अनुभव तथा सक्रियताले पार्टी संगठनलाई थप सुदृढ बनाउन योगदान पुग्ने विश्वास शाहले व्यक्त गरेका छन्।

पोदारलाई स्वागत गर्दै शाहले उनको आगामी राजनीतिक यात्राका लागि शुभकामनासमेत व्यक्त गरेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka