Premier Cables
Premier Steel

अर्थ

आयल निगमको तथ्याङ्का: ५ महिना यताकै सबैभन्दा बढी ४० लाख सिलिन्डर ग्यास आयात

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, भाद्र ०३, २०८३  | साँझ ६:४० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । देशका विभिन्न स्थानमा एलपी ग्यासको अभाव देखिएको भन्दै उपभोक्तामा चिन्ता बढिरहेका बेला नेपाल आयल निगमले ग्यासको आयात तथा बिक्री–वितरणबारे महत्वपूर्ण तथ्यांक सार्वजनिक गरेको छ। निगमले पछिल्लो पाँच महिनाको तथ्यांक सार्वजनिक गर्दै बजारमा ग्यासको आपूर्ति नियमित रहेको जनाएको हो।

नेपाल आयल निगमले २०८३ भदौ ३ गते जारी गरेको प्रेस विज्ञप्तिमा १४.२ केजीका एलपी ग्यास सिलिन्डरको बिक्री–वितरण व्यवस्था नियमित रहेको स्पष्ट पारेको छ। निगमले पछिल्लो पाँच महिनाको आयात तथा बिक्री तथ्यांक सार्वजनिक गर्दै पछिल्लो समय ग्यासको आपूर्ति झनै बढेको देखाएको छ।

विज्ञापन

निगमका अनुसार २०८२ चैतमा ३५,७९९.४५ मेट्रिक टन एलपी ग्यास आयात भएको थियो। उक्त महिनामा करिब २७ लाख ३२ हजार ३५५ सिलिन्डर बजारमा गएको थियो।

त्यस्तै, २०८३ वैशाखमा ३२,०५६.४४ मेट्रिक टन ,जेठमा ३२,५४२.२९ मेट्रिक टन , असारमा ४४,४४४.४० मेट्रिक टन र श्रावणमा ५०,३९६.३५ मेट्रिक टन एलपी ग्यास आयात भएको निगमको तथ्यांकमा उल्लेख छ।

यसरी हेर्दा पछिल्लो पाँच महिनामध्ये श्रावणमा एलपी ग्यासको आयात सबैभन्दा उच्च देखिएको छ। श्रावणमा मात्रै ५० हजार मेट्रिक टनभन्दा बढी ग्यास आयात भएको निगमले जनाएको छ।

निगमका अनुसार श्रावण महिनामा ४० लाखभन्दा बढी सिलिन्डर बजारमा आएको छ। यसले पछिल्लो समय एलपी ग्यासको आयात तथा बिक्री–वितरण बढिरहेको तथ्यांकबाट देखिन्छ।

निगमले पछिल्लो पाँच महिनाको एलपी ग्यास आयात तथा बिक्री र त्यसअनुसार बजारमा आउने सिलिन्डर संख्याको तुलनात्मक अध्ययन गर्दा श्रावण महिनामा अघिल्लो महिनाको भन्दा करिब ९ लाख सिलिन्डर बढी बिक्री वितरण भएको जनाएको छ।

निगमले आगामी दिनमा समेत एलपी ग्यासको आयात तथा बिक्री–वितरण नियमित रूपमा भइरहने स्पष्ट पारेको छ। त्यसैले आम उपभोक्तालाई आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न र अनावश्यक रूपमा भण्डारण नगर्न निगमले आग्रह गरेको छ।

ग्यासको आपूर्ति नियमित भइरहेकाले बजारमा अभाव हुने आशंकामा उपभोक्ताले अनावश्यक रूपमा ग्यास थुपार्दा कृत्रिम अभाव सिर्जना हुन सक्ने निगमको संकेत छ। निगमले उपलब्ध तथ्यांकलाई आधार बनाएर उपभोक्तालाई संयमित हुन र आवश्यकता अनुसार मात्रै ग्यास खरिद गर्न आग्रह गरेको हो।

आयल निगमको पछिल्लो तथ्यांकले बजारमा ग्यासको आपूर्ति घटेको भन्दा पनि पछिल्लो महिनामा आयात र बिक्री–वितरणको मात्रा उल्लेख्य रूपमा बढेको देखाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

कोशीको आर्थिक रूपान्तरणका लागि निजी क्षेत्रसँग सहकार्य गर्नुपर्नेमा जोड, विराटनगरका उद्योगीले सुनाए समस्या

Clock Iconआइतबार, मंसिर १३, २०८३

कोशीमा निजी क्षेत्रसँग आर्थिक संवाद गर्न रास्वपा महामन्त्रीसहितका नेता विराटनगरमा

Clock Iconआइतबार, मंसिर १३, २०८३

अयोध्या-जनकपुर रेलसेवाले पर्यटनको नयाँ ढोका खोल्यो, पर्यटक टिकाइराख्नु मुख्य चुनौती

Clock Iconआइतबार, मंसिर १३, २०८३

फरक स्वाद, फरक उर्जा : पाँच नयाँ फ्लेभर सहित एक्स्ट्रिम बजारमा

Clock Iconबिहिबार, मंसिर १०, २०८३

बालेन सरकारको नयाँ कदम: कर प्रणाली सुधार्न ६३ ऐन संशोधन, करदातालाई राहतदेखि लगानीकर्तालाई सुविधा

Clock Iconबिहिबार, मंसिर १०, २०८३

विदेशी लगानी भित्र्याउने तयारीमा विराटनगर जुट मिल्स, ३५ वर्ष सञ्चालनको जिम्मा दिन प्रस्ताव आह्वान

Clock Iconबुधबार, मंसिर ०९, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka