Premier Cables

अर्थ

काठमाडौंमा ग्यास अभाव हटाउन हेटौँडाबाट दैनिक १०० ट्रक ग्यास पठाइने, वैकल्पिक मार्ग प्रयोग सुरु

Hamro Biratnagar News Channel Calendar बिहिबार, भाद्र १८, २०८३  | बिहान ९:३३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ। पृथ्वी राजमार्ग अवरुद्ध भएसँगै काठमाडौँ उपत्यकामा देखिएको खाना पकाउने एलपी ग्यासको अभाव समाधान गर्न सरकारले हेटौँडाबाट वैकल्पिक मार्ग हुँदै दैनिक १०० ट्रक ग्यास भित्र्याउन थालेको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आजदेखि भरिएका ग्यास सिलिन्डर बोकेका ट्रकहरू उपत्यका पठाउने व्यवस्था सुरु गरिएको जानकारी दिएको हो।

विज्ञापन

भाद्र १० गते आएको बाढीका कारण पृथ्वी राजमार्गमा लेदो जमेको र कृष्णभीर क्षेत्रमा सडक भासिएपछि राजमार्ग पूर्ण रूपमा ठप्प बनेको छ। सडक अवरुद्ध हुँदा एलपी ग्यास बोकेका बुलेटहरू काठमाडौँ प्रवेश गर्न नपाएपछि विगत केही दिनदेखि उपभोक्ताहरूले ग्यास अभावको सामना गर्दै आएका थिए।

राजमार्ग पूर्ण रूपमा सञ्चालनमा नआएसम्म हेटौँडाबाट वैकल्पिक मार्गमार्फत ग्यास आपूर्ति निरन्तर कायम राखिने मन्त्रालयले जनाएको छ। नेपाल आयल निगम र एलपी ग्यास उद्योगीहरूसँगको समन्वयमा थालिएको यो प्रयासबाट आगामी केही दिनभित्रै उपत्यकाको ग्यास अभाव क्रमशः समाधान हुने मन्त्रालयको विश्वास छ।

मन्त्री गौरी यादवको सचिवालयद्वारा जारी विज्ञप्तिमा भोटेकोशी नदी र देशका अन्य भागमा आएका विनाशकारी बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरिएको छ।

मन्त्रालयले विपद्को यस कठिन घडीमा नागरिकलाई आधारभूत उपभोग्य वस्तुको कमी हुन नदिन आपूर्ति व्यवस्थालाई सहज, नियमित र प्रभावकारी बनाउन पूर्ण प्रतिबद्ध रहेको जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka