काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची सार्वजनिक गरेको छ। निगमका अनुसार भारतीय आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलियम पदार्थको लागत मूल्य प्रतिलिटर पेट्रोलमा रु. २१९.१७ देखि घटेर रु. १९०.९६ पुगेको छ। डिजेलको लागत मूल्य रु. २१५.१६ बाट घटेर रु. १९६.१४ पुगेको छ।
नयाँ खरिद मूल्यअनुसार पेट्रोल प्रतिलिटरमा रु. २८.२१ र डिजेलमा रु. १९.०२ को गिरावट आएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै निगमले नयाँ मूल्य लागू गरेको हो। नयाँ मूल्य २०८२ जेठ १८ गते राति १२:०१ बजेदेखि लागू हुनेछ।
बिज्ञापन
निगमले हालको खरिद मूल्यअनुसार घाटा न्यून भएको जनाएको छ भने एलपी ग्यासमा भने अझै पनि भारी घाटा रहेको जानकारी दिएको छ। निगमका अनुसार एलपी ग्यासमा प्रति सिलिन्डर रु. ५७६ घाटा भइरहेको छ।