Premier Cables
Premier Steel

अर्थ

अब बजारमा पूरा तौलको सिलिन्डर पाइने

Hamro Biratnagar News Channel Calendar मंगलबार, असार ३०, २०८३  | राती ८:५१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेपाल आयल निगमले बुधबार (असार ३१) देखि देशभर १४.२ किलोग्राम क्षमताको भरी घरेलु एलपी ग्यास सिलिण्डर बिक्री–वितरण गर्ने भएको छ।

भारतीय पक्षबाट ग्यास आपूर्तिमा सुधार आएपछि उपभोक्तालाई पुनः पूर्ण परिमाणको ग्यास उपलब्ध गराउने निर्णय गरिएको निगमले जनाएको छ।

बिज्ञापन

निगमका अनुसार पछिल्ला केही दिनयता १४.२ केजी क्षमताको ग्यास सिलिण्डरको माग उल्लेखनीय रूपमा बढेकाले आपूर्ति व्यवस्थापनलाई सहज बनाउन भरी सिलिण्डर वितरण गर्ने व्यवस्था मिलाइएको हो।

बुधबारदेखि देशभर वितरण हुने सबै घरेलु एलपी ग्यास सिलिण्डरमा १४.२ किलोग्राम ग्यास रहनेछ। ग्यासको खुद्रा बिक्री मूल्य भने हाल कायम रहेको प्रतिएक सिलिण्डर दुई हजार ६० रुपैयाँ नै रहने निगमले स्पष्ट पारेको छ।

निगमले भारतबाट हुने ग्यास लोडिङ र आपूर्ति प्रक्रिया क्रमशः सहज बन्दै गएको जानकारी दिँदै आगामी दिनमा बजारमा ग्यासको नियमित आपूर्ति हुने विश्वास व्यक्त गरेको छ। यस निर्णयसँगै उपभोक्ताले पूर्ण परिमाणको ग्यास सहज रूपमा प्राप्त गर्ने अपेक्षा गरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa