Premier Cables

राजनीति राष्ट्रिय विज्ञान र प्रविधि

ग्यास आपूर्ति सहज बनाउन अनलाइन ट्र्याकिङ प्रणाली बन्दै : मन्त्री गौरीकुमारी

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, साउन २७, २०८३  | अपराह्न १:०४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले ग्यासको आपूर्ति, वितरण र ढुवानीलाई पारदर्शी बनाउन अनलाइन ट्र्याकिङ प्रणाली निर्माण गर्न लागिएको बताएकी छन्।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित संरक्षण समितिको आज बसेको बैठकमा खाद्य आपूर्तिबारे भएको छलफलमा मन्त्री गौरीकुमारीले ग्यासको विवरण सार्वजनिक गर्न थालिएको जानकारी दिइन्। उनका अनुसार अहिले गुगल फारममार्फत ग्यासको विवरण संकलन गरेर सार्वजनिक गर्ने काम भइरहेको छ।

विज्ञापन

मन्त्री गौरीकुमारीले साउन २८ गतेदेखि सिंहदरबारमा खाद्यको स्टल सञ्चालन गरेर खाद्यान्न बिक्री गर्ने तयारी गरिएको पनि बताइन्।

बैठकमा नेपाल आयल निगमका प्रबन्ध निर्देशक नागेन्द्र साहले एक साताभित्र ग्यासको आपूर्ति सहज हुने दाबी गरे। उनका अनुसार मंगलबार मात्रै १३४ वटा ग्यास बुलेट नेपाल भित्रिएका छन्।

साहले साउन २६ गतेसम्म ३४ लाख ग्यास सिलिन्डर नेपाल भित्रिएको जानकारी दिँदै अबको एक साताभित्र बजारमा ग्यासको आपूर्ति सहज हुने बताए।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka