Premier Cables
Premier Steel

कोशी प्रदेश

कोशीका मुख्यमन्त्रीको दौडधुप: मन्त्री फेरिन लागेका हुन्?

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, साउन २६, २०८२  | बिहान ८:१४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् हेरफेरका लागि सक्रियता बढाएका छन्।

मन्त्रीहरूबीचका गम्भीर विवादका कारण मुख्यमन्त्री कार्की मन्त्रिपरिषद् पुनर्गठनको प्रक्रिया सुरु गर्ने दबाबमा छन्। विपक्षीले प्रदेश सभा बैठकमा हरेक दिन जस्तो विवादित मन्त्रीका विषयमा आवाज उठाउने गरेका छन् ।

बिज्ञापन

मुख्यमन्त्रीले काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रदेश सरकारको वर्तमान स्थिति र कार्यहरू बारे छलफल गरेका छन्।

आइतबार प्रधानमन्त्री ओलीसँगको भेटमा कार्कीले प्रदेशको समग्र कामकाज र राजनीतिक परिस्थितिको जानकारी दिएका थिए। कार्कीका अनुसार, सरकारको कामकाज र राजनीतिक विषयमा कुराकानी भएको थियो, तर मन्त्रिपरिषद् हेरफेरको निर्णय भने गठबन्धनका शीर्ष नेताहरूको सल्लाहपछि मात्र हुने बताइएको छ।

यस अघि देउवासँग पनि यस विषयमा छलफल भएको थियो, तर दुवैले निर्णय एकल रूपमा नगर्ने र गठबन्धनको सल्लाहमा मात्र निर्णय लिने बताएका छन्।

मुख्यमन्त्री कार्कीले मन्त्रीहरूको विवाद र आन्तरिक कलहका कारण हेरफेरको तयारी गरिरहेका छन्। पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डल घुसको आरोपमा विवादित बनेका छन् भने कृषिमन्त्री खगेनसिं हाङ्गाम ताप्लेजुङमा कुटपिटको घटनामा संलग्न भएका छन्।

यद्यपि, मुख्यमन्त्री कार्कीले यी मुद्दामा सार्वजनिक प्रतिक्रिया दिएका छैनन्। विपक्षी दलहरूले दबाब दिनुका साथै मन्त्रीहरूको आचरणबारे प्रश्न उठाएका छन्, तर कार्की मौन रहेका छन्।

कोशी प्रदेशमा सत्तारूढ दल नेपाली कांग्रेसभित्रै पनि आन्तरिक विवाद गहिरिएको छ। देउवा र कृष्णप्रसाद सिटौला समूह बीच सत्ता सन्तुलन बनाउन चुनौती छ।

्यस कारण कांग्रेसले तुरुन्तै मन्त्री परिवर्तन गर्ने निर्णय नगरेको देखिन्छ। मुख्यमन्त्री कार्की भने आफ्ना मन्त्रीहरूको विवाद समाधान गरेर सरकारको कार्यक्षमता सुधार्न दबाबमा छन्।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka