Premier Cables

राजनीति विराटनगर

माओवादी सांसदको प्रश्न : पैसा माग्ने मन्त्रीलाई किन कारवाही नगरेको ?

Calendar सोमबार, साउन १२, २०८२  | अपराह्न ३:५७ बजे

विराटनगर । कोसी प्रदेशसभामा सांसदहरूले कोसी प्रदेशका विवादित पर्यटनमन्त्री सदानन्द यादवले क्यूआर कोडमार्फत रकम मागेको विषयमा सरकारको जवाफ मागेका छन् ।

नेकपा (माओवादी केन्द्र)का प्रदेशसभा सदस्य गणेश उप्रेतीले गम्भीर आरोप लागे पनि सरकारले छानबिनमा ध्यान नदिएको आरोप लगाए । ‘‘कुनै पनि चोरले आफूले चोरी गरेको नभनेजस्तै आरोप लागेका कसैले पनि गल्ती गरेको भन्दैन,’’ उनले भने ।

बिज्ञापन

उप्रेतीले संघीय सरकारका मन्त्रीसमेत विवादमा घेरिएका बेला कोसी सरकारका मन्त्रीको अवस्था पनि त्यस्तै देखिएको बताए । उनले विवाद उठ्दासमेत मुख्यमन्त्रीले टुलुटुलु हेरेर बसेको भन्दै छानबिनको माग गरे ।

कोसी प्रदेशसभाको आइतबार बसेको बैठकमा मन्त्री मण्डलले आफू कुनै किसिमका पैसा लेनदेनमा नलागेको जिकिर गरेका छन् ।

*** समाप्त ***
Eastern College
aarya
Vianet
DPS
Web Surfer
ACS
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka